पोखरा, ८ जेठ –
पोखरा रङ्गाशालामा भएको चौथो राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता–२०७३ को उपाधि जावलाखेल ह्विलचियर स्र्पोट्स ललितपुरले जितेको छ ।
अपाङ्ग खेलकुद समिति कास्की र इण्डििपेन्डेन्ट लिभिङ्ग सोसाइटी नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता अन्र्तगत शुक्रवार भएको फाइनल खेलमा बोधिसत्व ईन एक्सन (बिआइए) काठमाण्डौलाई १६–२५ स्कोरले हराउँदै जावलाखेलले नगद ७ हजार साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।
त्यस्तै बोधिसत्व ईन एक्सन (बिआइए) काठमाण्डौ दोस्रो हुँदै नगद ५ हजार र ह्विलचियर खेलकुद संघ काठमाण्डौ तेस्रो हुँदै नगद ३ हजार हात पार्न सफल भएको छ । प्रतियोगितामा जाउलाखेलका दिपक श्रेष्ठ वेस्ट प्लेयर र जाउलाखेलकै प्रेम वि.क. ४८ स्कोर जोड्दै हाइ स्कोरर खेलाडी बन्न सफल भए ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संसदिय विकास समितिका सभापति रविन्द्र अधिकारी, पोखरा उप–महानगरपालिका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, सशस्त्र प्रहरी कालिका गणका एसपी फणिन्द्र पौडेल, राष्ट्रिय बास्केटवल संघका उपाध्यक्ष जुम गुरुङ्ग लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धको लागी आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रम अपाङ्ग खेलकुद समिति कास्कीका अध्यक्ष भरतविक्रम बाँनियाको अध्यक्षतामा भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution