लेखनाथ नगरपालिकाको लेखा व्यवस्थापन तालिम सम्पन्न

पोखरा, ८ जेठ –

लेखनाथ नगरपालिकाको सामाजिक विकास शाखाको आयोजना तथा पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीको सञ्चालनमा लेखनाथ नगरपालिकाका १८ वटै वडाहरुमा सम्पन्न महिला लक्षित आधारभूत लेखा व्यवस्थापन तालिमको शनिबार समापन भएको छ । तालिमबाट लेखनाथ नगर क्षेत्रका विभिन्न महिला समूहरुका दुई सय बढि महिलाहरु लाभान्वित भएको तालिम सञ्चालक संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदीले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शनिबार लेखनाथ नगरपालिका वडा नं. ७ शिशुवा स्थित शिशुवा लालुपाते तमु समाजको सभाहलमा सम्पन्न समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लेखा परिक्षक नारायण प्रसाद उपाध्यायले यस्ता कार्यक्रमहरुले महिलाहरुलाई स्थानिय संघ संस्थाहरुको नेतृत्व प्रदान गर्न सक्षम बनाउने धारणा राखे ।

तालिम अवधीभर विभिन्न वडाहरुमा गएर प्रशिक्षकहरु सन्तोष अधिकारी, मोहन अधिकारी, रामकृष्ण लामिछाने, नारायण सुवेदी र सुवास मल्लले लेखा व्यवस्थापनका आधारभूत पक्षहरुको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गरेका थिए ।

समापन कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट सन्तोष अधिकारी, प्रशिक्षार्थीहरुको तर्फबाट सीता भण्डारी र अञ्जु अधिकारी तथा शिशुवा लालुपाते तमु समाजका अध्यक्ष क्याप्टेन मोहन सिंह तमुले बोलेका थिए । कार्यक्रम सञ्चालक संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदीको सभापतित्व, प्रशिक्षक सुवास मल्लको सञ्चालन र सञ्चालक संस्थाका लेखनाथ प्रमुख कपिल पौडेलको स्वागतमा समपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button