पोखरा, ८ जेठ –
व्यवस्थापिका संसद विकास समितिका सभापति एवं सभासद् अधिकारीले महिला र पुरुष सँगसँगै भन्ने सिद्धान्तलाई लिएर कुनै पनि काम सफलपार्नका लागि महिलाहरुलाई अगाडि बढाएर लैजानुपर्ने बताउनु भएको छ ।
अनन्ता सामुदायिक सेवा समिति पोखरा २ ले प्रकाशन गरेको अनन्ता सामुदायिक स्मारिका २०७३ को शनिवार लोकार्पण गर्दै सभासद् अधिकारीले अबको संसारमा अगाडि बढ्नको लागि महिलाहरुको भूमिका अपरिहार्य रहेको बताउँदै अनन्ता सामुदायिक संस्थाका महिलाहरुलाई प्रसंसाको पात्र रहेको बताउनुभयो । कार्यक्रममा सभासद् शारदा पौडेलले संस्थाको अग्रगामी सोंच भएको र यसले राष्ट्रिय क्षेत्रमा समेत चिनारी दिन सफल भएको बताउँदै अनन्ता एउटा नामले मात्र नभएर सबै यसमा आवद्ध महिलाहरुले गरेको काम स्मरणीय रहेको बताउनुभयो । उहाँले अन्य टोल, समाज, संघसंस्थाका महिलाहरुले पनि यस संस्थाको सिको गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय उच्च माविका प्राचार्य कृष्ण उदासीले स्मारिकाको बारेमा चर्चापरिचर्चा गर्नुहुँदै यस संस्थाका महिला दिदीबहिनीहरुको योगदान, क्षमता र सीपको उदाहरण देखाउन खोजिएका लेख, कविता, रचना, अनुभूतिहरुलाई स्मरण गर्दा अबको संसार रहस्यमय होइन बुझिने हुनुपर्ने बताउनुभयो । उहाँले यसमा समेटिएका कुराहरु आमाको महिमा, नारीको महिमा, सामाजिक विसंगति, सरल, सहज र सुगम विषयवस्तुको ज्ञान दिंदै महिलाहरु अहोरात्र खट्नुभएको बताउनुहुँदै स्मारिकाको चर्चा गर्नुभएको थियो ।
सभाध्यक्ष विजया चञ्चला रेग्मीले सम्पूर्ण उपस्थित महानुभावहरुलाई विशेष धन्यवाद दिनुहुँदै अनन्ता समुदायिक सेवा समितिले महिलाहरुको हक हितको लागि २०५४ सालदेखि संस्था गठन गरी निरन्तरता दिंदै आएको र यसको भूमिका महिलाहरु मात्र नभई पुरुषहरुको पनि सहयोग रहेको बताउनुभयो ।
कार्यक्रममा प्रधान सम्पादक संस्थापक अध्यक्ष सुशीला पराजुली, साहित्यकार तेजनाथ घिमिरे, पूर्व उपप्राध्यापक चुडामणि खनाल लगायतका वक्ताहरुले संस्थाका महिलाहरुको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष शर्मिला रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संस्थाका सचिव रंगिता सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution