जापानवासीबाट लामडाँडाको अग्नी पिडितलाई सहयोग

पोखरा, ९ जेठ – 

स्याङजाको मनकामना लामडाँडाका अग्नीपिडितलाई जापानमा रहेका नेपालीले सहयोग गरेका छन् । आगलागीका कारण गाँउ नै सखाप भए पछि घरबार विहिन हुन पुगेका परिवारको पुर्नस्थापनाको लागि जापानमा रहेका स्याङजालीहरुको पहलमा रकम संकलन गरेर सहयोग गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

हाल जापानमा रहेका नेपाल तमु विद्यार्थी छोँज धीं पुर्वउपाध्यक्ष चित्र तमु र पुर्वकोषध्यक्ष युवराज तमुको पहलमा संकलित १ लाख २५ हजार १ सय २५ नगद रकम हन्तारन्तण गरेको हो । उनिहरुले विभिन्न शिलशिलामा जापानमा रहेरका नेपालीहरुबाट उक्त रकम संकलन गरि नेपाल पठाएका थिए । संकलित रकमलाई नेपाल तमु विद्यार्थी छोँज धीं केन्द्रीय उपमहासचिव रिम तमुले स्थानिय पिडित उद्धार समितिका सचिव धन बहादुर थापालाई हन्तारण गरे ।

जापानमा संकलित रकम हस्तान्तरण गर्न लामडाँडा पुगेका उपमहासचिव रिम तमुले अग्नीपिडितहरुको पुर्नस्थापनामा पहल गर्ने प्रीतवद्धता दिदै सबै संग सहयोगको अपिल समेत गरे । गत बैशाख १८ गते भएको आगालागीका कारण २३ घरपरिवार घरवार विहिन हुन पुगेका छन् । १५ दिन अगाडि गाँउ छेवैको वनमा लागेको आगालागीबाट बाँचेको यो गाँउ १८ गते घरबाटै निस्किएको आगोबाट नष्ट भएको थियो । घरवार विहिन परिवार यत्तिबेला सयुक्त अस्थायी पाल टाँगेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button