तेह्रथुमका व्यवसायीहरु पोखरा उद्योग वाणिज्य संघमा

पोखरा, ९ जेष्ठ –

पोखरा उद्योग वाणिज्य संघले जिल्ला उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकनमा निस्केको तेह्रथुम उद्योग वाणिज्य संघको प्रतिनिनिमण्डललाई आईतबार पोखरामा स्वागत गरयो । सो अवसरमा दुबै उद्योग वाणिज्य संघका प्रतिनिधीमण्डलबीच पोखरा र तेह्रथुम का व्यवसायिक सम्भावनाका क्षेत्र, पर्यटन विकास, आपसी सहकार्य समन्वय वारे छलफल भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले तेह्रथुमको प्रतिनिधीमण्डलाई स्वागत गर्दै दुई उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच व्यवसायिक सम्वन्ध बिस्तार गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सो अवसरमा पोखरा उद्योग वाणिज्य संघको गतिविधीबारे समेत प्रकाश पार्नुभएको थियो । पोखराको समग्र विकास निर्माणमा संघले गरेका पहलहरुका कारण संघ सामाजिक संस्थाको अलावा विकासको पहलकर्ता समेत बन्न पुगेको उहाँको तर्क थियो ।

कार्यक्रममा बोल्दै तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले भ्रमणको उद्धेश्यबारे प्रकाश पार्नुभयो । विगत ५ वर्ष अगाडी पोखरा उद्योग वाणिज्य संघमा भ्रमण गर्दा यस संघवाट सिकेका कुरालाई व्यवहारमा उतार्दै आएको उहाँले जानकारी गराउनुभयो । कास्कीको पर्यटकीय गतिविधीहरुबाट आफूहरुले समेत पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिलेको उहाँको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेको धन्यवाद तथा महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरा र तेह्रथुमबीच भाइचाराको सम्वन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनको क्षेत्रमा मिलेर काम गर्न सकिने धारणा पनि राखेका थिए । तेह्रथुममा दक्षिण एशियाकै ३६५ मिटर लामो झरना ह्यात्रुड झरना,ताल तलैया र २८ प्रजातीका गुराँस फुल्ने पर्यटकीय स्थल भएको तेह्रथुमका प्रतिनिधीमण्डलको भनाई थियो । कार्यक्रमा पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ईश्वर कर्माचार्य,सीता गुरुङ, हिरा भट्टराई, तेह्रथुम उद्योग वाणिज्य संघकोतर्फबाट कोषाध्यक्ष तारा श्रेष्ठ, सल्लाहकार समिति सदस्य गोविन्द ढुंगाना, कार्यसमिति सदस्य सरदमणि दाहाल र उदयराज लिम्वु, लगायतले दुबै उद्योग वाणिज्य संघहरुबीच भाइचाराको सम्वन्ध, सहकार्य समन्वय बारे समते आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button