पोखरा, ९ जेठ –
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चितवन पार्वतीपुर बस्ने तनहुँ मनपाङ गाविस–२ शेराटारका २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले आकाश घलेको नामको फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको भन्दै अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ उसलई भेटनुस भनेर सम्पर्क नम्बर लिने र आफै आकाश घलेको साथी बनि भेट्दै केटीहरुलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेको खुल्न आएको छ ।
प्रारम्भिक सोधपुछको क्रममा श्रेष्ठ बिगत १० बर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही गत बैशाख २५ गते नेपाल फर्किएको र निजले फेसबुक तथा भाइवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution