पोखरा, ९ जेठ –
बाजेको सेकुवा पोखराले आफ्नो तेस्रो बर्ष प्रबेशको अवसरमा पोखराको अन्डरग्राउण्ड ब्याण्ड अडियो फार्म तथा लाउरे ब्याण्डका गुनेशको लाईभ ब्याण्ड प्रस्तुति मार्फत सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अडियो फार्म तथा गुनेशले २ दर्जन गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए । राती १० बजे सम्म चलेको कार्यक्रममा नया तथा पुराना नेपाली, हिन्दी चल्तीका गीत गाएका थिए ।
‘ ग्राहक संग सफलताको तेस्रो बर्ष प्रबेश मनाउनका पाँउदा हामी निकै उत्साहित छौं।’ कार्यक्रममा बोल्दै बाजेको सेकुवाका सञ्चालक एकराज गिरीले भने – ‘हामी आगामी दिनमा ग्राहक सेवामा पुर्ण समर्पित भई गुणस्तरिय सेवा र सुबिधाका लागि प्रतिबद्ध छौं । उनले रेष्टुरेण्टको लागि आफ्नै पार्किङ्ग एरिया तथा जुनसुकै सभा, समारोह तथा पार्टी गर्न सकिने हलको बिस्तार गरको बताए । बाजेको सेकुवाका प्रमुख कार्यकारी अधिकृत सुशिल खड्काले पोखरामा शुरुवात गर्ने क्रममा काठमाण्डौको सफलतालाई कायम गर्न सकिएला वा नसकिएला भन्ने दुविधा ग्राहकको सन्तुष्टी र मायाले हटेकोमा खुसी ब्यक्त गरे । पोखराको सफलता संगै बाजेको सेकुवाले नेपालका अन्य ४ स्थानमा आफ्नो चेन रेष्टुरेण्ट स्थापना गरेको बताए । बाजेको सेकुवाको सेन्टर किचन काठमाण्डौंको दरबारमार्गमा छ भने देशभर ११ वटा चेन रेष्टुरेण्ट बिस्तार गरिसकेको छ । नेपाली ब्राण्डको पहिलो चेन रेष्टुरेण्ट पोखरामा ल्याएर ब्यावसायिक सफलता हासिल गरेपछि पोखरामा अन्य चेन रेष्टुरेण्ट खोल्ने क्रम शुरु भएको छ ।
बार्षिकोत्सवको अवसरमा ग्राहकका लागि यो महिना भरि बिशेष उपहारका रुपमा बुद्ध एयरको काठमाण्डौ पोखरा दुइतर्फी टिकट, फुड भौचर, ट्रान्क्विलिटी स्पाको निशुल्क स्पा कुपन तथा मेनुमा बिशेष छुटको ब्यवस्था गरिएको अर्का सञ्चालक ममता गुरुङ्गले बताए । उनले १५० जना ग्राहकलाई एकैपटक सेवा दिन सक्ने बाजेको सेकुवा पोखरामा काठमाण्डौकै स्तरको खानाको स्वाद र सुविधा दिने गरेको बताए । बाजेको सेकुवा रेष्टुरेण्ट संगै दिब्य फुड्स प्रालि मार्फत हाल १९ कोठाको सुबिधा सम्पन्न होटल पनि सञ्चालित रहेको छ । जसमा १४ कोठा एट्याच बाथरुम सहितको तथा ५ वटा एसि सहितको डिलक्स कोठाहरु रहेका छन् । पहिले खसीका परिकारमात्रै पाईने रेष्टुरेण्टमा अहिले कुखुरा, अष्ट्रिज तथा माछाका परिकारका साथै इण्डियन, चाइनिज, कन्टिनेन्टल र नेपाली खाना उपलब्ध रहेको सञ्चालक गिरीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution