घाचोकमा बृहत स्वास्थ्य शिविर सम्पन्न

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ९
घाचोकमा बृहत स्वास्थ्य शिविर सम्पन्न

पोखरा, ९ जेठ –

कास्कीको घाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनद्वारा आयोजित शिविरमा करिब ७ सय जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । परिवर्तनका लागि युवा सञ्जाल (युनेक क्लब) घाचोकको स्थानीय व्यवस्थापन तथा कास्की सेवा अस्पताल पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

घाचोकको मेघराज निमाविमा आयोजित शिविरमा घाचोक, लाहाचोक, माछापुछ्रे लगायतका गाविसबाट बिरामीहरु परीक्षणका लागि आएका थिए । ‘हामी सेवा गर्छौं भन्ने भावनाका साथ शिविर आयोजना गरेका हौं,’ क्लबका अध्यक्ष कृष्णराज पोखरेलले भने ।

lions city 2

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालका फेलोसिप चियरपर्सन एमजेएफ दामु अधिकारीले सामाजिक क्षेत्रमा लायन्सले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । ‘लायन्समा लाग्नेहरुले निस्वार्थ भावनाका साथ समाज सेवाका क्षेत्रमा काम गर्छन्,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण छ ।’ डिष्ट्रिकका आइटी कोर्डिनेटर चण्डीप्रसाद अर्यालले लायन्स क्लब अफ पोखरा मिड टाउन स्थापना भएको छोटो समयमा सामाजिक क्षेत्रमा धेरै काम गर्न सफल भएको धारणा राखे ।

शिविरमा डा. ईश्वर कँडेल, डा. नविन कुमार श्रेष्ठ, डा. सरोज पोखरेल, डा. चैतन्य अधिकारी, डा. डोलेन्द्र रिजाल, डा. अर्जुन भण्डारी, डा. शंकर पौडेल, डा. रेखा पौडेल, डा. अपार अधिकारी, डा. दिलीप कुँवर, डा. रिता भुसाल, डा. रक्षा पाठक, डा. राम अधिकारीले स्वास्थ्य परीक्षण गराएको क्लबका लायन वर्ष २०१६÷१७ का अध्यक्ष विष्णुप्रसाद बास्तोलाले जानकारी दिए ।

स्वास्थ्य शिविरको संयोजन बुद्धिप्रसाद भण्डारी, दन्त शिविरको संयोजन दीपेन्द्र आचार्य र डाइबेटिज शिविरको संयोजन ठाकुरप्रसाद अधिकारीले गरेको लायन वर्ष २०१६÷१७ का सचिव सुरेन्द्र पौडेलले जानकारी दिए । शिविरबाट धेरै स्थानीयहरु लाभान्वित भएको युनेक क्लबका अध्यक्ष मौषम कार्कीले बताए । क्लबका अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विश्वास भण्डारीले गरेका थिए । ‘आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिन्छौं,’ सचिव भण्डारीले भने ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस