४३ वर्ष देखि स्कुललाई पानी बोक्दै – ‘गाग्रो थाक्यो, थाकेन काँध’

केशव पाठक

पोखरा, १० जेठ –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चाउरी परेका गाला, दुव्लो सरिर । उमेरले नेटो काटन थालि सक्यो । तर जोस र जाँगरमा कुनै कमी छैन । बिहानै बाट काँधमा पानीको गाग्रो । ४३ वर्ष देखि एउटै काममा । उनी हुन वर्ष ६३ का गोर्खा हर्मी नवलपुर गाँउको महेन्द्र लिला उच्च माध्यमिक विद्यालयमा कार्यरत कृष्ण प्रसाद ढकाल। विद्यालयको घन्टी बजाउने अनि हरेक पिरियडमा द्ई गाग्रो पानी ओर्साने उनको दैनिकी नै हो ।

उनीदिन रात नभनी एउटै काममा तल्लिन छन । विद्यालय आउनु सरसफाई गर्नु अनि काँधमा गाग्रो लिएर विद्यालयका शिक्षक र विद्यार्थीका लागि पिउने पानी ओर्सानु । ४३ वर्ष देखी एउटै काममा तल्लिन हुँदा समेत उनमा कुनै थकावट छैन । उनले पानी नखुवाएका सायद कोही वाँकी पनि छैनन होला । साना केटा केटी देखि उच्चमावी तह सम्मका विद्यार्थी र विद्यालयमा कार्यरत शिक्षक सवैलाई उनले पानी खुवाएका छन । सायद त्यही भएर होला अव उनले लगाएको गुन अव सो विद्यालयमा पढेका पूर्व विद्यार्थीहरुले लगाउँदैछन ।

उनले लगाएको गुनलाई पूर्व विद्यार्थीहरुले पेन्सन दिने तयारीमा जुटेका छन । नेपाल सरकारको निती अनुसार विद्यालयमा कार्यरत सहायक कर्मचारीहरुको पेन्सनको व्यवस्था छैन । “कृष्ण दाइले हाम्रो विद्यालयलाई यति लामो सेवा दिनु भयो अव हामीले उहाँलाई केहीगर्नु पर्छ भनेर लागेका छौ” विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष नविन सापकोटाले वताए । उनको पेन्सनको व्यवस्था राज्यका तर्फ बाट नभई सहयोगी हातहरु बाट हुने उनको भनाई थियो । यसका लागि एउटा कोषको निर्माणमा जुटेका छन नविन लगाएत उनका साथीहरु । “१० देखि १२ लाख सम्मको कोषमा रकम जुटाउन लागेका छौ” नविनले वताए । “यो रकम वैंकमा जम्मा गर्ने छौ र व्याज वाट मरणोपरान्त कृष्णदाइृ लाई वार्षिक रुपमा पेन्सन दिने छौ ।” यो रकम अब कृष्णका लागि मात्र हुने छैन । यो रकम बाट प्राप्त हुने व्याजले कृष्ण पछिका लागि पनि हुने नविनले बताए ।

सवैले उनलाई कृष्णदाई नै भनेर बोलाउँछन । उनको हँसिलो बोलिको सवैले तारिफ पनि गर्छन । लामो समय सोही विद्यालयमा शिक्षक र हाल प्राचार्य समेत रहेका कृष्ण न्यौपाने भन्छन– “यतिलामो समय हामी संगै कार्यरत छौ तर पनि दाइको एक समानको व्यवहार छ सवै प्रति । उनको काममा कुनै खोट लगाउने ठाँउ नै छैन ।” “उनको सरल व्यवहारले हामी सवैलाई प्रेरणा समेत दिन्छ”उनले भने । “अहिले अलि कान पनि कम सुन्न थाल्नु भएको छ तर पनि काममा उहाँसधै उत्तिकै खटनु हुन्छ ।” उहाँले नभने सम्म विद्यालय नआउनुस पनि भन्न मिल्दैन”उनले थपे । विद्यालयका तर्फ वाट समेत कृष्ण दाईलाई केही रकम दिने सोच बनाएको उनले वताए । प्राचार्य सापकोटाका अनुसार राज्यले विद्यालय व्यवस्थापनका लागि दिने रकमबाट नै कार्यालय सहायक राख्ने प्रचलन रहेको हुन्छ सवै विद्यालयहरुमा । यो समस्या सवै विद्यालयहरुको हो । विद्यालयमा पियनको दरवन्दी नै हुँदैन तर पियन नभइ पनि हुँदैन । यो समस्याको रुपमा रहेको छ ।

यति लामो सेवा गर्दा कहिल्यै समस्या नभएको कुनै दुखेसो समेत नभएको कृष्णले वताए । आफ्ना एक छोरा र एक छोरी यहि विद्यालय वाट एसएलसी पास गरेको र उच्च शिक्षाका लागि छोरी गोर्खा सदरमुकाम र छोरा काठमाडौ गएको उनले बताए । घरमा भने उनकी श्रीमती देवी मायाले सघाउछिन । २०११ सालमा जन्मिएका उनी २०३० पुष बाट काममा प्रवेश गरेका थिए । आफु सो ही विद्यालयमा तिन कक्षामा पढदा बावुराम भटट्राइले आफूलाई पढाएको उनको दिमागमा अझै पनि ताजा छ । “२०५५ सम्म तामाको गाग्रोमा पानी ओसारे त्यस पछि सिलोटकोमा ओर्साछु त्यही पनि अलि कुच्चिएको छ” कृष्णले भने ।

“म विद्यालयमा प्रवेश गर्दा तलव १ सय १ रुपैंया ५० पैसा थियो” उनले हौसिदै भने “अहिले ९ हजार छ ।” यो रकम विद्यालय व्यवस्थापनवाट ६ हजार र बाँकी शिक्षकहरुको भत्ता वाट प्रदान गरिन्छ । अब कति काम गर्ने सोच्नु भएको छ त भन्ने प्रश्नमा उनले आफु बाचुञ्जेल विद्यालयको सेवा गर्ने वताए । मैले गरेको सेवाले यति वेला सवैले प्रशंसा गर्छन उनी भन्छन विदेशमा हुनेहरुले त उपहार समेत ल्याउँछन । गोर्खा छोप्राक सालबोट हाल बेलायत निवासी गणेश गुरुङलाइ उनले विर्सिएका छैनन । गणेशले हालै मात्र एक कार्यक्रममा १० हजार नगद दिएको उनले बताए । “गणेश बावुले मलाई १० हजार दिएका छन” उनले भने । गणेश जस्तै अष्ट्रेलिया र अन्य देश बाट फर्कनेहरुले पनि केही न केही उपहार ल्याइदिने गरेको उनले सुनाए । भुकम्पले विद्यालय भत्किए पछि गणेश गुरुङले बेलायत वाट विद्यालयलाई आर्थिक सहयोग गरेका थिए । गणेश सङ्गै पोखराका हाल बेलायत वस्ने सूर्य गुरुङ्ग, कमल गुरुङ्ग, गोर्खाका खेमन गुरुङ्गले विद्यालय पुर्ननिमाणमा आर्थिक सहयोग पुर्याएका छन ।

“नेपाल सरकारले विद्यालयबाल मैत्री बनाउनु पर्छ भन्छ तर स्थायी पियनको व्यवस्था गर्दैन यो विडम्वना नै हो” सोही विद्यालयमा अध्यापन गराउने शिक्षक राम प्रसाद अधिकारीले सुनाए । “हेर्नुस त ६० काटेका कृष्णदाई जस्तालाई हामीले काम लगाउनु पर्छ ।”“हामीले यस विषयमा धेरै फोरमहरुमा आवाज समेत उठायौं तर केही काम भएन,कम्तिमा ५/७ सय विद्यार्थी अध्ययन गर्ने विद्यालयमा एक जना स्थायी पियनको आवश्क्यता पर्छ तर हाम्रो आवाजको सुनुवाई न शिक्षा कार्यालयले गरयो न मन्त्रालयले ।”

गोर्खा महेन्द्र लिलामा कार्यरत कृष्णको जस्तै नेपालका अन्य विद्यालयमा कार्यरत पियन (कार्यालय सहायक) हरुको अवस्था उस्तै छ । कृष्ण एक पात्र मात्र हुन सक्छन तर व्याथा सवैको उस्तै हो । नेपाल सरकार शिक्षा मन्त्रालय र अन्य सरोकारवाला निकायहरुको यसमा ध्यान जानु आवश्यक छ । उनीहरुको सेवाको कदर गर्दै उनीहरुको अधिकार सुनिश्चित गरिनु पर्छ । त्यती मात्र नभई नविन सापकोटा जस्तै अगुवा युवाहरुले परिवर्तनका लागि काँधमा जिम्मेवारी बोकेका छन । पोखरा हाल यूकेका सूर्य गुरुङ्ग, कमल गुरुङ्ग, हर्मीका खेमन गुरुङ्ग, गोर्खा छोप्राकका गणेश गुरुङ्ग, हर्मीका इश्वरी प्रसाद घिमिरे, विकास ढकाल र गोर्खा हर्मी हाल अष्ट्रेलिया बस्ने लक्ष्मी पोखरेल जस्तै अन्य सहयोगी मनहरुको पनि खाँचो छ र उल्लेख गर्नै पर्ने हुन्छ जसले आफ्नो दुख विर्सेर समाजका लागि योगदान गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button