पोखरा, १० जेठ –
नेपालको नाम विश्वमा चिनाउने उद्देश्य राखी विश्व साइकल यात्रामा निस्केका दोलखाका दीपक खत्री काठमाण्डौबाट पोखरा हुँदै मुक्तिनाथसम्म साइकल यात्रा गर्ने लक्ष्य राखी पोखरा प्रवेश गर्ने क्रममा सृजनाचोक पोखरा ८ मा रहेको फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालयमा एक कार्यक्रमका साथ स्वागत ग¥यो ।फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारीका अध्यक्ष क्या.चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रममा विश्व साइकल यात्री दीपक खत्रीले आफू सानो उमेरमा कलाकार बन्ने उद्देश्य लिई काठमाडौँ छिरेको बताउँदै अध्ययनसँगसँगै एकाएक मन परिवर्तन भई नेपाललाई विश्वमा चिनाउँछु भनि साइकल यात्रामा निस्केको बताउनुभयो । उहाँले
२०२५ सम्ममा विश्व साइकल यात्रा सम्पन्न गर्ने बताउनु हुँदै बाटो भएका देशहरुमा साइकलबाटै र नभएका देश जानु परेमा पानी जहाजबाट यात्रा गर्ने बताउँदै कुनै कुनै देशका जंगलमा आफू लुटिएको बताउनुभयो ।कार्यक्रममा फेवा सहकारीका तर्फबाट ५ हजार सहयोग हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत गर्नुहँदै विश्वसाइकल यात्रा गरी नेपालको नाम विश्वमा चिनाउने काम र दीपक खत्रीको सपना पूरा हुन सफल होस् भनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका पदाधिकारी गणेश कुमार श्रेष्ठ, दिल बहाुदर भट्टराई, झलक बहादुर गुरुङ, रामकाजी गुरुङ, लक्ष्मी अधिकारी, गोपाल तिमिल्सिना, सरस्वती देवकोटा, पूर्णभद्र अधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका सचिव हरिभक्त पौडेलले संचालन गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution