पोखरा. १० जेठ –
बिद्यार्थीको पहल बिद्यार्थीको लागी भन्ने उद्घोष सहित बैशाख १२ गते सञ्चालन गरिएको कापी कलम अभियानको समापन भएको छ । समापन कार्यक्रममा अवसरमा लेखनाथ ११ पचभैयामा अवस्थित अमरसिद्ध नमुना मा बि मा ५५ जना बालबालिकालाइ कापि कलम सहित सरसफाईका सामाग्री बितरण गरिएको छ।
कापि कलम अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाको अध्यक्षता एवम अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवम गण्डकी इञ्चार्ज सरिता पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्र.अ. बिष्णु प्रसाद पौडेल,त्रिबि जिल्ला कमिटी अध्यक्ष बिबेक देबकोटा, अनेरास्ववियु कास्कि क्षेत्र न १का अध्यक्ष सुनिल तिमिल्सिना, अनेरास्ववियु कास्कि क्षेत्र न १का पुर्व अध्यक्ष कपिल पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुरीले अखिलले गरेको कार्यक्रम अन्य बिद्यार्थि संगठनहरुले र अखिलकै अन्य कमिटिहरुले समेल अनुशरण गर्नुपर्ने बताउदै बिद्यार्थि हित फुटेर भन्दा जुटेर गर्न सकिने बताएका थिए ।
नेरास्ववियु कास्कि जिल्ला उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा संचालन गरिएको कापि कलम अभियानबाट कास्किका ३५० बालबालिकाले शैक्षिक सामाग्रि पाएका छन । अभियानका लागि मदरल्याण्ड उच्च माबिका बिद्यार्थीहरु,डेनमार्क बस्ने अर्जुन पौडेल ,एडभान्स बुक्स क्याम्पस गेट ,अनेरास्ववियु केन्द्रिय सदस्य निशा घले,सराङ्गकोट निबासी पान प्रसाद तिमिल्सिनाले अभियानका बिभिन्न कार्यक्रमका लागि शैक्षिक सामाग्रि उपलब्ध गराएका थिए । कार्यक्रममा ठुलो सहयोग नभएतापनि बिपन्न बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न आफुहरुले यो अभियान चलाएको बताउदै चाडै अब बिद्यार्थि माझ आफुहरु रचनात्मक र सिर्जनात्मक क्षमता अभिबृद्धिका कार्यक्रम लिएर जाने संयोजक लक्ष्मण तिमिल्सिनाले जानकारी दिएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution