पोखरा, ११ जेठ –
पोखरा वडा नं. ५ मालेपाटनमा आधुनिक यात्रु प्रतिक्षालय एवं जेष्ठ नागरिक आराम कक्ष बन्ने भएको छ ।पोखरा हार्डवयर एशोसिएशनको पूर्ण आर्थिक लगानी तथा सूर्यचन्द्र विकास समाजको संरक्षण रहने सो निर्माण कार्य प्रारम्भ भएको छ ।हाइवे निर्माणको क्रममा वर पिपल चौतारी हटाइएपछि सो स्थानमा प्रतिक्षालयको आवश्यकता खड्किएको र पोखरा हार्डवयर एशोसिएशनले निर्माण कार्य थालेको हो ।वडाको मध्य भाग, हाइवे र पुस्तकालयको नजिकै विश्रामस्थल र जेष्ठ नागरिक कष बन्ने विषय स्वागतयोग्य भएको सूर्यचन्द्र विकास समाजका अध्यक्ष बसन्त भण्डारीले बताए ।
त्यसैगरी पोखरा हार्डवयर्स एशोसिएशनका अध्यक्ष प्रेम पौडेलले स्थानीय बासिन्दा र बटुवाहरुको सुविधाका लागि सो स्थान बढी उपयुक्त भएकोले निर्माण गर्ने योजना अघि बढाइएको बताए । उनले यो पोखराकै नमूनायोग्य काम हुने कुरामा जोड दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution