पोखरा, ११ जेठ-
पोखरा वडा नं. ५ मालेपाटन वडा कार्यालयचोक विस्तार र व्यवस्थित हुने भएको छ । वडास्तरीय बजेट तथा निर्वाचन क्षेत्र नं.३ निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु. तीनलाख र स्थानीय उपभोक्ताबाट ८५ हजार सो कार्यका लागि संकलन भैसकेको छ ।
विद्यालय क्षेत्र एवं वडाको महत्वपूर्ण चोक साँघुरो हुँदा धेरै सवारी दुर्घटना भएकोले सो स्थानलाई चाक्लो बनाउन लागिएको उपभोक्ता समिति अध्यक्ष कृष्ण प्रसाद बरालले बताए । साथै उनले सो वडाचोक चक्लाबन्दीका लागि ४ लाख ६७ हजार लागत इस्टिमेट अनुसार खर्च हुने बताए । यो योजना जेठ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ ।





