पोखरा,११ जेठ-
पोखराकेन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले नवलपरासी जिल्लाको बर्दघाटमा आफ्नो २८ औं शाखा खोलेको छ । उक्त शाखाको आज मंगलबार नेपाल राष्ट्र बैंकका निर्देशक रेवती प्रसाद नेपालले उद्घाटन गरे । शाखा कार्यालय समुद्ध्घाटन समारोहको अध्यक्षता विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाणले गरेका थिए ।
बैंकले बर्दघाट शाखा कार्यालय मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास र्बैंक हो । यो बैंकले हाल २७ शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आइरहेको थियो
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक रेवती प्रसाद नेपाल, बर्दघाट नगरपालिकाका कार्यकारी प्रमुख बोधराज वस्याल, उद्योग वाणिज्य संघ वर्दघाटका महासचिव लेखनाथ न्यौपाने, बैंकका अध्यक्ष दिलिपप्रताप खाण, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution