अन्तराष्ट्रिय दृष्टिविहिन क्रिकेट प्रशिक्षण पोखरामा

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ११
अन्तराष्ट्रिय दृष्टिविहिन क्रिकेट प्रशिक्षण पोखरामा

पोखरा, ११ जेठ –

पोखरामा पाँच दिने अन्तराष्ट्रिय दृष्टिविहिन क्रिकेट प्रशिक्षण सम्पन्न भएको छ । नेपाल नेत्र हिन क्रिकेट संघ नेपालको आयोजनामा पोखरा रंगशालामा भएको उक्त प्रशिक्षणमा देश भरीका २८ जना खेलाडीहरु सहभागि भएका छन । उक्त प्रशिक्षण विश्व दृष्टिविहिन क्रिकेट प्रतियोगिताको लागि नेपालको राष्ट्रिय खेलाडीहरुको छनौट समेत हुने भएको संघका अध्यक्ष पवन घिमिरेले बताए । केहि दिन पछि १७ जना खेलाडीहरु वल्र्ड कपमा छनौट हुने भएका छन ।

नेत्रहीन क्रिकेट संघ कास्कीको समन्वय र दृष्टिविहीन क्रिकेट संघ भारतको प्राबिधिक सहयोगमा उत्त प्रशिक्षणमा कास्कीका ८ सहित देशका बिभिन्न भागबाट आएका २० जना गरि कुल २८ जना नेत्रहीन खेलाडीहरुको सहभागी भएको महासचिव विमल पौडेलले बताए । खेलाडीहरुलाई भारतबाट आएका नेत्रहीन क्रिकेटका राष्ट्रिय कोच सुजु कुमार र नेतहिन क्रिकेट संघ भारतका जनरल सेक्रेटरी जोन डेबिडले प्रशिक्षण दिएका थिए । खेलाडिहरु भगबती बराल र सुनिल क्षेत्रीले यस्तो प्रकारको प्रशिक्षण आफुहरुले पहिलो पटक आएकोले यसमा धेरै सिपहरु सिक्ने मौका पाएको बताए ।

blind cricket 2

विश्ब नेत्रहीन क्रिकेट परिषदका प्रथम उपाध्यक्ष तथा नेत्रहीन क्रिकेट संघ भारतका अध्यक्ष महान तेस जिकेले उक्त प्रशिक्षणको समापन गर्दै अपाङगता भएका ब्यक्तीहरुका लागि यस्ता प्रशिक्षणले उनिहरुको ब्यक्तीत्ब बिकास गर्नुको साथै प्रतिष्प्रर्धाको भावना र एकताको भावना जाग्रित गराउने बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यस्तो प्रतियोगिताको लागि आफुहरुले सहयोग गर्ने बताए । कास्कीका अध्यक्ष यम बहादुर गुरुङले अपाङगता भएका व्यक्तिहरुलाई राम्रो अवसर दिएको खण्डमा उनीहरुले राम्रो नतिजा ल्याउन सक्ने दाबी गरे । कास्की जिल्ला क्रिकेट संघ कास्कीका सचिव संञ्जयकान्त सिग्देलले दृष्टिविहिन क्रिकेटमा पनि नेपालको राम्रो सम्भावना भएको दाबी गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस