हिमाली सांस्कृतिक परिवारद्धारा प्रहरी प्रमुखहरुको स्वागत

पोखरा, ११ जेठ –

लोक सँस्कृतिको संरक्षणमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले पोखरा आउनु भएका पश्चिम क्षेत्रीय, गण्डकी र कास्की जिल्ला प्रहरी प्रमुखहरुलाई एक कार्यक्रम आयोजन गरी स्वागत गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

पोखरा ९ नयाँ बसपार्कस्थित हिमाली साँस्कृतिक परिवारकै सभाहलमा आयोजित स्वागत कार्यक्रममा पश्चित क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बम, गण्डकी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेल र कास्की जिल्ला प्रहरी प्रमुख धनश्याम अर्याललाई परिवारका अध्यक्ष मेनकाजी गुरुङ, प्रमुख संरक्षक चेतन कार्की, संरक्षक नरबहादुर शेरचन लगायत हिमाली साँस्कृतिक परिवारका कार्यसमिति, सल्लाहकार, कलाकारहरुले खादा र बुके प्रदान गर्दै स्वागत सम्मान गरिएको हो ।

स्वागत ग्रहण पश्चात मन्तव्य व्यक्त गर्नुहुदै डिआईजी कमलसिंह बमले संघ संस्थाहरुको समन्वयकै कारण प्रहरीलाई शान्ति सुरक्षामा सहज भएको भन्दै स्वागतका लागि हिमाली साँस्कृतिक परिवारलाई धन्यवाद दिनुभयो । गर्विलो संस्थाको स्वागत सम्मानले आफुहरु थप जिम्मेवार बनेको बताउनुभयो ।

परिवारका प्रमुख सचेतक चेतन कार्कीले हिमाली साँस्कृतिक परिवारको स्थापना, यसका उद्धेश्य, गतिविधीको बारेमा जानकारी गराउनुहुदै सुरक्षा निकायसँग परिवारले सहकार्य गरी लोक सँस्कृति संरक्षणमा योगदान पुर्याउदै आएको बताउनुभयो । परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन र स्वागत सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button