खेलकुद पत्रकार मञ्च कास्कीको जेठ २१ गते विषेश अधिवेसन हुने

पोखरा, ११ जेठ –

नेपाल खेलकुद पत्रकार मञ्च कास्की शाखाको विषेश अधिवेसन यही जेठ २१ गते हुने भएको छ । मञ्च कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको १७ औं बैठकले उक्त निर्णय गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपाने केहि महिना अघि राजीनामा दिएर वैदेशीक रोजगारीका लागि जापान गएपछि ६ महिना भित्रमा विषेश अधिवेसनबाट नयाँ कार्यसमिति चयन हुनु पर्ने भएकोले जेठ २१ गते विषेश अधिवेसन हुन लागेको सचिव दिननाथ बरालले बताए ।

उक्त बैठकले जेठ एक गते पोखरामा सम्पन्न भएको प्रथम स्पोट्र्स अवार्ड २०७२ सभ्य तथा भब्य रुपमा सम्पन्न गराउन सहयोग गर्नु हुने सम्पुर्ण सहयोगदाता, संचार माध्यम, खेलकुदकर्मी तथा शुभेच्छुकहरुमा धन्यवाद समेत ज्ञापन गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button