रोटरी अन्नपूर्णको टोली बिहिवार कोरियाको लागि प्रस्थान गर्दै

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १२
Post Thumbnail

पोखरा, १२ जेठ – 

रोटरी क्लव अफ पोखरा अन्नपूर्णको ७ सदस्यीय टोली रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रोश गुरुङ्गको नेतृत्वमा आउदो विहिवारदेखि दक्षिण कोरियाको लागि प्रस्थान गर्दैछन । उक्त टोलीमा रोटरी क्लव अफ पोखरा अन्नपूर्णका संस्थापक अध्यक्ष देवराज चालिसे, पूर्व अध्यक्षहरु माधव प्रसाद सिग्देल, कृष्णमान गुभाजु, दिनेश शंकर पालिखे र सकृय सदस्यहरु प्रकाश उदास तथा चेत गुरुङ्ग सम्मिलित छन ।

यस टोलिले दक्षिण कोरियामा रहंदा रोटरी ईन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिहुनुका साथै कोरियामा रहेको रोटरी क्लव अफ पोखरा अन्नपूर्णको भगिनी क्लव रोटरी क्लव अफ याङ्गजुसंग भविष्यमा दुवै क्लवको सहयोग तथा यस दुई शहर विच पर्यटन प्रवद्र्धन सम्वन्धी छलफल गरिने योजनाहरुका वारेमा समेत छलफल हुने छ ।

स्मरण रहोस रोटरी क्लव अप mपोखरा अन्नपूर्ण र रोटरी क्लव अफ याङ्गजुको संयुक्त आयोजनामा हालसालै मात्रै कास्कीको सराङ्गकोटमा करिव ६५ हजार डलरको लागतमा खानेपानी आयोजना र भुकम्पले क्षतिग्रस्त गोरखा जिल्लाको वकुवा गा.वि.स.–३ खान्चोकको चामुण्डा प्र. वि. को भवन करिव २५ हजार डलरको लागतमा सम्पन्न गरि सकिएको छ । यी दुवै आयोजनाको कुल लागत करिव १ करोड रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस