पोखरा, १२ जेठ –
बोक्सीप्रथा बिरुद्घ सचेतना फैलाउने उद्देश्यमा साथ निर्माण गर्न लागिएको शिक्षामुलक संदेशमुलक, सामाजिक चलचित्र ‘अग्नीदहन’ निर्माणका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ र ‘गैरसरकारी संस्था महासंघ कास्की’ शाखाको समन्वयमा निर्माण गर्न लागिएको उक्त चलचित्र बनाउन थप सहजता ल्याउने उद्देश्यका साथ विभिन्न उपसमिति गठन गरिएको हो । चलचित्र निर्माण समितिको मङगलवार सम्पन्न बैठकले विभिन्न उपसमितिहरु निर्माण गर्ने निर्णय गरेको हो ।
जस अनुसार गैरसरकारी संस्था महासंघ कास्की शाखामा अध्यक्ष गोपाल खड्काको संयोजकत्वमा अनुगमन तथा प्रशासन उपसमिति गठन गरिएको छ । जसका सदस्यहरुमा डा. राजेन्द्रकुमार गौतम, भुवनेश्वर शर्मा पौडेल, सरलाकुमारी पाण्डे र भीमप्रसाद पौडेल रहेका छन् ।त्यस्तै बैठकले गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव रामप्रसाद सुवेदीको संयोजकत्वमा अर्थ सङकलन तथा लेखा व्यवस्थापन उपसमिति पनि निर्माण गरेको छ । जसका सदस्यमा गोमा ढकाल, डा. बुद्घि थापा ,चन्द्र गुरुङ र विष्णु बास्तोला रहेका छन् ।
बैठकले मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव श्रीभद्र पौडलको नेतृत्वमा चलचित्र प्रचारप्रसार तथा प्रबर्धन उपसमिति पनि निर्माण गरेको छ । जसका अन्य सदस्यहरुमा बिमला भण्डारी, दुर्गा अधिकारी, गणेश श्रेष्ठ, सुदिप त्रिपाठी प्रतिक, परशुराम अधिकारी र सरिता तिमिल्सीना पंगेनी रहेका छन् । त्यस्तै सोही बैठकले मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष कोविदशरण उपाध्यायको संयोजकत्वमा पदम पहारी, जमुना शर्मा, कृष्णबहादुर कुवँर, ज्ञानेश्वर सुवेदी, इन्दिरा पौडेल, विष्णुकुमारी श्रेष्ठ, बसन्त सुवेदी, रमा त्रिपाठी तथा रामप्रसाद सुवेदी सदस्य रहेको चलचित्र निर्माण उपसमिति पनि गठन गरेको छ ।
त्यस्तै सोही बैठकले आइ.एन.एफका निर्देशक डा. गंगाप्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष गोपाल लम्साल, गैरसरकारी संस्था महासंघका केन्द्रिय महासचिव मिलन श्रेष्ठ, कवि एवम् भाषाविद मुकुन्दशरण उपाध्याय, गैरसरकारी संस्था महासंघका पुर्व महासचिव सन्तलाल मुल्मी र व्यापारी प्रमोद मुल्मीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
बैठकले चलचित्रको निश्चित कार्ययोजना समेत बनाएको छ । जसअनुसार यही असार मसान्त भित्र अर्थ सङकलन कार्य सम्पन्न गर्ने, जेठ २० गतेभित्र आधार पत्रलाई अङग्रेजी भाषामा पनि अनुवाद गरिसक्ने, जेठ मसान्त सम्ममा स्क्रीटलाई अन्तिम रुप दिने र कलाकार छनौट गर्ने, असारको पहिलो हप्तामा कलाकारहरुको वर्कसप गर्ने, असार पहिलो हप्तामै अन्य अत्यावश्यक सामग्री जुटाउने, जेठ महिनाभित्र कास्कीका हेमजा, लुम्ले, मकवानपुर लगायत तराईका विभिन्न जिल्लामा छायाङकन स्थल छनौट गर्ने र अन्त्यमा आगामि असार २० गतेदेखि छायाङकन कार्य सुभारम्भ गर्ने कार्ययोजना पनि बनाएको छ ।
त्यस्तै बैठकले चलचित्र प्रर्बद्र्घन र प्रमोसनका लागि अन्तराष्ट्रिय समन्वय गर्न कोविदशरण उपाध्याय, गोपाल खङका, डा. राजेन्द्रकुमार गौतम र सरलाकुमारी पाण्डेलाई अधिकार दिने निर्णय पनि गरेको छ । त्यसका लागि एक जना प्रतिष्ठानका प्रतिनिधि अध्यक्षले थप मनोनित गर्न पाउने बताइएको छ । भेलाले अर्थ संङकलनको पाटो बलियो बनाउन कास्कीका विभिन्न संघसंस्था, उधोगी, व्यापारी, नीजि क्षेत्रमा पहिलो कदम चाल्ने निर्णय पनि गरेको प्रचारप्रचार तथा प्रबर्धन उपसमितिका संयोजक श्रीभद्र पौडेलले जानकारी दिएका छन् ।
रतिरागात्मक एवम् मनोरञ्जनमुलक चलचित्र निर्माणले कब्जा जमाएको वर्तमान नेपाली फिल्मी क्षेत्रमा यस प्रकारको संदेशमुलक चलचित्र निर्माण कार्यलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । चलचित्र निर्माणमा सहयोग गर्न सबै सरोकारवालाहरुसँग अग्नीदहन समुहले विशेष आग्रह पनि गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution