पोखरा, १२ जेठ –
नेपालको लागि दक्षिण कोरियाका राजदूत चो योङ जिनले नेपालसँग आर्थिक उन्नतिको प्रचुर सम्भावना रहेको र नेपालले विकासको लक्ष्य हाँसिल गर्न सक्ने बताउनुभएको छ ।
कुनै बेला दक्षिण कोरियाको प्रति व्यक्ति आय वार्षिक १ सय डलर थियो, अहिले त्यो वार्षिक २० हजार डलरमा पुगेको छ’, पोखरा उद्योग वाणिज्य संघद्धारा बुधबार आयोजित छलफल कार्यक्रममा उहाँले भन्नुभयो,‘ ७० वर्षमा कोरियाले जे गरयो, त्योबाट सिकेर नेपालले पनि गर्न ( आर्थिक उन्नति ) सक्छ ।’ उहाँले देशको आर्थिक सम्वृद्धिको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपालको निजी क्षेत्रको खुलेर प्रशंसा गर्दै उहाँले भन्नुभयो–‘ दुई वर्षको मेरो बुझाइ अनुसार सम्भवत – नेपालको विकास र सम्वृद्धिमा सबैभन्दा आशावादी नेपालको निजी क्षेत्र नै हो ।’
नेपाल र कोरियाबीचमा बस्तु किनबेच कमै भए पनि कोरिया र नेपालबीचको भावनात्मक सम्बन्ध भने बलियो भएको उहाँको तर्क थियो । नेपालमा वार्षिक ३० हजार कोरियनले भ्रमण गर्ने गरेको र तीमध्ये धेरैजसो अन्नपूर्ण क्षेत्रमा नै आउने गरेको उहाँले जानकारी दिनुभयो । ‘कोरियनहरु यहाँको पुनहिल र अन्नपूर्ण क्षेत्रको पदयात्रा खुबै मन पराउँन् ।’– पश्चिमाञ्चल क्षेत्रप्रति अपनत्व देखाउँदै उहाँले थप्नुभयो । वार्षिक ७ हजारको दरले नेपालीहरु कोरियामा रोजगारीमा जाने गरेको र उनीहरुले कोरियाबाट सीप सिकेर फर्कने गरेको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा दक्षिण कोरियाका राजदूतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले दक्षिण कोरियामा गएका नेपालीहरुले आर्जन गरेको रेमिट्यान्स र सीपले नेपाली अर्थतन्त्रमा ठूलो योगदान दिएको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले दक्षिण कोरियाको सिओल उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्धको हात बढाएको जानकारी गराउँदै उहाँले यो सम्बन्धले नेपालमा कोरियाली लगानी भित्रने आशा समेत व्यक्त गर्नुभयो । नेपालको पर्यटन, जलविद्युत र कृषिको व्यवसायिकरणमा लगानीको प्रसस्त सम्भावना रहेकोले त्यहाँ कोरियाली लगानीलाई स्वागत गर्न आफू तत्पर भएको उहाँको भनाई थियो । अध्यक्ष थापाले नेपाल, पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि सहयोग गरिदिनु हुन राजदूतसँग आग्रह पनि गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले केही महिना अगाडि पोखरामा सम्पन्न हान्मदाङ कराँते प्रतियोगिताको स्मरण गर्दै यस्ता गतिविधीले दुई देशबीचको सम्बन्ध बढ्ने धारणा राख्नुभयो । संघका कार्यसमिति सदस्य ईश्वर कर्माचार्यले कोरियाको सामाजिक संस्थासँग मिलेर पोखरामा रहेका सामाजिक संस्थाहरुले विभिन्न सामाजिक कार्य सम्पन्न गर्दै आएको जनाउँदै त्यस्ता सहयोगको निरन्तरताको कामना गर्नुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution