पोखरा, जेठ १२-
जिल्ला कारागार कास्कीमा रहेका महिला बन्दीहरुका लागि आयोजना गरिएकोगुहँको छ्वालीद्धारा विभिन्न हस्तकलाका सामाग्री बनाउने एक महिने तालिबुधबार सम्पन्न भएको छ ।रेडियो जननी ९०.६ को समन्वयमा कास्की पोखरा हस्तकला संघ, पोखरा उद्योगवाणिज्य संघ, घरेलु तथा साना उद्योग प्रवद्र्धन उपसमिति, लायन्स क्लब अफ पोखरागण्डकीको संयुक्त आयोजना र पोखरा उपमहानगरपालिका, नेपाल हस्तकला महासंघर पद्वामती हस्तकला उद्योग पोखराको सहयोगमा भएको तालिममा जिल्लाकारागारमा रहेका २० जना महिला बन्दीको सहभागीता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासंघका उपाध्यक्ष, जिल्ला नगरतथा वस्तुगत संघका अध्यक्ष होमनाथ उपाध्यायले स्वदेशी उत्पादनलाई महत्वदिनुपर्नेमा जोड दिनु भयो । नेपालमा उत्पादन भएका नेपाली बस्तु १५प्रतिशतले महंगो भएको भन्दै उँहाले सरकारी कार्यालयमा प्रयोग गर्ने नियम भएपनि कार्यालयमा सामानको प्रयोग नभएको गुनासो गर्नुभयो । उहाँलेबन्दीगृहमा बस्दा सिकेको सिपलाई बाहिर निस्के पछि पनि निरन्तरता दिन आग्रहगर्नुभयो ।पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मानार्थ सदस्य तथा सल्लाहकारसुरेशराज भण्डारीले बन्दीगृहमा बसेका महिलाहरुलाई यस तालिमले आगामी दिनमाअगाडी बढ्न प्रेरणा दिने बताउनुभयो । पोखरा उपमहानगरपालिकाका निमित्तकार्यकारी प्रमुख ओमराज पौडेलले कानुनी रुपमा बन्दीगृहमा बस्ने भए पनिउनीहरुको सिपलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।नेपाल हस्तकला महासंघ केन्दि«य सदस्य मनमोहन सिहंले व्यक्ति भौतिक रुपमा बन्दीभए पनि सिप बन्दी हुँदैन भन्ने यस तालिमले प्रमाण देखाएको बताउनु भयोलायन्स क्लब अफ पोखरा गण्डकीका पुर्व अध्यक्ष एवं रिजन चेयर पर्सन शारदापराजुलीले महिला बन्दीहरुका लागि आयोजना गरिएको तालिम राम्रो रहेकोबताउँदै सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनु भयो ।
जिल्ला कारागारका प्रमुख हरिप्रसाद गौतमले बन्दी महिलाहरुले राम्रो सिपसिकेको बताउँदै तालिम दिएर मात्र नहुने उनीहरुले उत्पादन गरेका बस्तुलाईबजारको ब्यवस्था गरिनुपर्ने बताउनुभयो ।रेडियो जननी तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले तालिममासहभागीहरुलाई बन्दी जीवनलाई पार गरेर बाहिर निस्के पछि उद्यमशीलतामा लाग्नआग्ह गर्नुभयो । उहाँले महिलाहरुले बनाएका सामानहरुको गुणस्तर हेरेरआफुले बजार व्यवस्थापन गर्न सहयोग गर्ने बताउनु भयो ।तालिममा सहभागी पार्वती परियारले तालिम निकै प्रभावकारी रहेकाले आफुलाईखुशी लागेको बताउँदै आफुले तालिमबाट ढक्की, टि म्याट, डिनर म्याट, चकटीबनाउने जानेको बताउनु भयो । गत वैशाख १२ गते
देखिआयोजित तालिममाप्रशिक्षक मिना बराल र छलु तामाङले डिनर म्याट, टि म्याट, ट्रे, बास्केट, गमलालगायतका सामाग्रीहरु बनाउन सिकाउनु भएको थिय यसै बीच तालिममा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत पनि गरियो । प्रथम हुन सफलहेमा गुरुङ,द्धितिय पार्वती परियार, तृतिय विमला श्रेष्ठ र सान्त्वना भएकी सुमनगुरुङ र लालकुमारी आलेलाई प्रमाणपत्र र हस्तकलाका सामाग्री बनाउने कच्चापदार्थ प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई सहभागीताकोप्रमाणपत्र प्रदान गरिएको थियो ।
रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियोजननीका वित्तिय निर्देशक तथा लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष सितापाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कास्की पोखरा हस्तकला संघकासचिव सीता गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution