पोखरा, १३ जेठ –
सुनचाँदी व्यवसायी संघ कास्कीको अध्ययन अवलोकन भ्रमण टोलीलाई ललितपुर सुनचाँदी व्यवसायी संघ गबहालमा ललितपुर सुनचाँदी व्यवसायी संघकै कार्यलयमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
ललिलतपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्यले कास्कीबाट आएको टोलीलाई स्वागत गर्दै आफ्नो जिल्लामा रहेका सुनचाँदी व्यवसयी संघ र यसले गरेका गतिविधीका बारेमा प्रकाश पार्दै यहाँका व्यवसायीहरुको समान ज्याला, जर्ती, उपभोत्ता हित संरक्षण र व्यवसायीहरुको हक अधिकार सम्बन्धि र व्यवसायीक प्रमोशनको लागी विभिन्न तालिमहरु सञ्चालन गरेको कुरा बताउनुभयो ।
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतमले कास्कीमा रहेका व्यवसायीहरुको गतिविधी प्रस्तुत गर्दै नयाँ नयाँ डिजाइनका गुणस्तरीय गरगहना उत्पादन गर्न विभिन्न समयमा तालिम प्रदान गरी सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले विभिन्न जिल्लाको भ्रमण गरेको र दुवै महासंघको आयोजनामा पोखराले आतिथ्यता गरी देशभरका व्यवसायीहरुको लागि गरगहना उत्पादन तथा नियमन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको जानकारी गराउँदै प्राचिन जिल्ला ललितपुरलाई पर्यटकीय शहर पोखराको भ्रमण गर्न अनुरोध गर्नुभयो ।
कास्की जिल्ला उपाध्यक्ष राजेशमान बुद्धाचार्यले गहनामा सग्लन जिंक तथा केडिएम सम्बन्धि प्रकाश पार्दै कास्की जिल्लाले जिंक युक्त गहनाहरु उत्पादन गरी छिमेकी जिल्लालाई समेत सहयोग गरेको बताउनुभयो ।
उक्त अवसरमा संघका पुर्व अध्यक्ष दुर्गाबहादुर सुनारले आधुनिक टन्च मेशिनद्वारा गुणस्तर परीक्षण गरिए पनि हाल सम्म सरकारले ती मेशिनहरुलाई मान्यता नदिएको हुँदा व्यवसायीको लगानी डुब्ने अवस्थामा रहेको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघ सदस्य दुर्गामान बुद्धाचार्यले जिल्लामा भैपरी आउने घटनाहरुलाई यथासक्य छिटो सम्बोधन गरिरहेको बताउनुभयो । ललितपुर जिल्ला संघका नि.अध्यक्ष रुप कुमार शाक्यले ललितपुर जिल्ला र कास्की अवलम्वन गरेको विषय बस्तुहरु हामीले पनि गरेको हुँदा दुई जिल्लाका व्यवसायीहरुको अवस्था उस्ते रहेकोमा खुसी व्यक्त गर्दै महासंघको आगामी निवार्चनमा दुवै जिल्लाले स्वच्छ र इमान्दार उम्मेदवार खडा गरी विजयी गराउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन ललितपुर सुनचाँदी व्यवसायी संघका महासचिव सुविन बुद्धाचार्यले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष रमेश बहादुर शाक्यले गर्नुभएको थियो । कार्यक्रम पश्चात ललितपुर सुनचाँदी व्यवसयी संघद्वारा धार्मिक क्षेत्रहरुको भ्रमण गराइएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution