अनुसन्धान अधिकृतविरुद्ध मुद्दा

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १३
Post Thumbnail

काठमाडौँ, १३ जेठ –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत रणदीप खड्काले बढुवा प्रयोजनमा लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अनुसन्धान अधिकृत खड्काले पेस गरेको त्रिवि काठमाडौँबाट वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरेको भनी प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो । अभियुक्त खड्कालाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस