काठमाडौँ, १३ जेठ –
उपप्रधानमन्त्री सिपी मैनालीले समाजमा होचापुड्का समूहको अधिकारका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
होचापुड्का सङ्घको १३औँ साधारणसभामा समाजकल्याणमन्त्री मैनालीले होचापुड्काको वास्तविक तथ्याङ्क नरहेकाले उनीहरुका पक्षमा उपयोगी योजना बनाउन समस्या भएको बताउँदै आगामी जनगणनामा होचा पुड्काको छुट्टै महलको व्यवस्था गरिने विचार व्यक्त गर्नुभयो । उहाँले आफ्नो मन्त्रालय मातहत रहेको भृकुटीमण्डपका बिक्री कक्षलाई समाजमा पछि परेका वर्गको हितमा सुरक्षित गरिनेछ भन्नुभयो ।
सङ्घका अध्यक्ष विष्णुलाल गुरुङ र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले होचापुड्काको अधिकारका लागि सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तीनमहिने कम्प्युटर र ग्राफिक्स डिजाइन तालिमका सहभागीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution