काठमाडौँ, १३ जेठ –
नेकपा (एमाले) ले प्रेस चौतारी नेपालको नयाँ कार्य समितिलाई आज स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा केन्द्रीय कार्यालय धूम्रबाराही गएको प्रतिनिधिमण्डललाई पार्टीका महासचिव ईश्वर पोखरेलले स्वागत गर्दै मुलुकले राष्ट्रिय स्वाभिमानको शिर उठाउँदै गएको अहिलेको अवस्थामा देशभित्रका शक्तिबीच आन्तरिक एकताको खाँचो औँल्याउनुभयो ।
उहाँले सुगौली सन्धिदेखि गिजलिएको देशको राष्ट्रियता अहिलेको सरकारको अडानका कारणले मुलुकले स्वाभिमानका साथ शिर उठाएको विचार व्यक्त गर्दै पार्टीले निर्वाह गरेको भूमिकाका कारण पार्टी लोकप्रिय रहेको र भविष्यका लागि उज्यालो सम्भावना बोकेकाले पार्टीभित्र देखिएका ससाना मतान्तर तथा समस्यामा नेताहरु अल्झन नहुनेमा जोड दिनुभयो ।
एमाले सचिव प्रदीपकुमार ज्ञवाली तथा प्रचार विभाव उपप्रमुख सूर्य थापाले नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो । चौतारीका अध्यक्ष बस्नेतले आफ्नो संस्थाले पार्टीसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार क्षेत्रका सम्बन्धित विषयमा चौतारीको निर्णयलाई पार्टी र सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution