घट्टबाट फर्कँदा बाढीले महिला बेपत्ता

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १४
घट्टबाट फर्कँदा बाढीले महिला बेपत्ता

डडेल्धुरा, १४ जेठ –

बुधबार बेलुका परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले अन्न पिसाइ गरेर घट्टबाट घर फर्कँदा एक महिलालाई बेपत्ता पारेको छ ।

बुधबार साँझ करिव ६ः३० बजे रुपालीगाडमा रहेको घट्टबाट घर फर्कन खोला तर्ने क्रममा खोलामा एक्कासि आएको बाढीले रुपाल–८ पनिउट बस्ने ३६ वर्षीया डम्मरु भट्टलाई बेपत्ता पारेको उनका आफन्त मणिकराज भट्टले जानकारी गराउनुभयो ।

उनको खोजी गर्न गाउँले, प्रहरी र आफन्त लागे पनि कुनै पत्तो नलागेको डम्मरुकी भतिजी यशोदा भट्टले जानकारी गराउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस