जनप्रर्दशनमा चारभञ्ज्याङ तमु समाजको बृहत सहभागीता रहने

पोखरा, १३ जेठ-

२६ बुँदे मागसहित काठमाडौं केन्द्रीत आन्दोलनमा रहेको २९ दल र तथा मोर्चाहरुको संघीय गठबन्धनले तमुवानको पोखरामा जेठ १७ गते आयोजना गर्ने जनप्रदर्शन तथा विरोध सभामा चारभञ्ज्याङ तमु समाज पोखराको बृहत सहभागीता रहने भएको छ ।पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको विहीवार सम्पन्न बृहत भेलाले पहिचान, अधिकार र तमुवान प्राप्तिका लागि हुने आन्दोलनमा समाजको व्यानर, भेषभुषा सहित बृहत सहभागीता हुने निर्णय गरेको हो ।

समाजका अध्यक्ष सुवेदार मेजर नारायणसिंह तमुको अध्यक्षता र सचिव माओत्सेतुङ तमुको संचालनमा भएको कार्यक्रममा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले तमुवान आन्दोलनको विविध पक्षमा जानकारी गराउनुहुदै १७ गते हुने बृहत प्रदर्शनमा सहभागीताका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार क्या.चन्द्रप्रसाद तमु र सल्लाहकार एवं पुर्व सचिव क्या.धर्मलाल तमुले तमु समुदायको अधिकारका लागि तमुवान प्राप्तिको आन्दोलनमा समाजका सदस्यहरुको सहभागीता हुनुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा तमुवान आन्दोलनलाई समाजद्धारा संकलित ३७ हजार ७६० रुपैया समाजका अध्यक्ष सुमे नारायणसिंह तमुले संघर्ष समितिका संयोजक हुमबहादुर तमुलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button