नौवटा गाईसहित दुई जना पक्राउ

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १४
Post Thumbnail

गौशाला, १४ जेठ –

महोत्तरी जिल्लाको पश्चिमी सीमा नाका हुँदै नेपालबाट भन्सार चोरी–निकासी गरी भारत लैजान लागेको अवस्थामा नौ थान गाईसहित दुईजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पर्सादेवाड–७ बस्ने तनवीर शेष र बर्दिबास नगरपालिका–११ बस्ने निरज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब १० बजेको समयमा गौशाला नगरपालिका–१० स्थित बाटोबाट प्रहरीले ना ४ ख ७१०९ नम्बरका मिनी ट्रकमा भारततिर लैजाँदै गरेका गाईसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

पक्राउ परेका ट्रक चालक श्रेष्ठ र गाईधनी शेष गरी दुवै जनालाई रु नौ लाख २४ हजार मूल्य पर्ने मिनी ट्रक र नौवटा गाईसहित आवश्यक कारबाहीका लागि आज बिहानै जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस