नेपाली विद्यार्थी दिनहुँ भारत अध्ययन गर्न जान बाध्य

नवलपरासी, १४ जेठ –

नवलपरासीको सुस्ताका करिब १०० नेपाली विद्यार्थी दिनहु भारतको भूमिमा अध्ययन गर्न जान बाध्य छन् । सुस्तामा रहेको दलित प्राथमिक विद्यालयमा कक्षा ५ सम्म मात्र अध्ययन हुने भएपछि सो भन्दा माथिल्लो कक्षा अध्ययन गर्न नेपाली विद्यार्थी भारततर्फ जान बाध्य भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सुस्ताका नेपाली विद्यार्थीलाई नारायणी नदी तरेर नेपाल तर्फको पक्लिहवा गाविसमा रहेको विद्यालय जानभन्दा भारतको विहारस्थित लक्ष्मीपुर, भेडीहारीको विद्यालय पुग्न सजिलो हुने भएपछि सुस्ताका बालबालिका दिनहँु भारतीय विद्यालयमा अध्ययन गर्न बाध्य भएका हुन् । सुस्ताका बालबालिका प्राथमिक तहपछि विहारको भेडिहारी जाने गरेका छन् ।

भौगोलिक रुपमा नेपालतर्फ नारायणी नदीले सुस्तालाई काटेको र सुस्ताको भौगोलिक क्षेत्र भारतीय भूमिसँग जोडिएकाले गर्दा सुस्ताका बालबालिकालाई पक्लिहवाको विद्यालयमा पढ्न आउन नारायणी नदी तर्नुपर्ने  हुँदा दुई घन्टाको समय लाग्ने भएकाले सुस्ताका बालबालिका नजिकको भारतीय विद्यालय जान बाध्य भएका हुन् ।

विसं २०६७ मा मात्र सुस्तामा स्थापना भएको जनता दलित प्राथमिक विद्यालय सुस्ताको एउटा मात्र विद्यालय रहेको छ । यस विद्यालयमा करिब ४५० बालबालिका पढ्ने गर्दछन् । यसरी सुस्तामा कक्षा ५ भन्दा माथिल्लो कक्षा अध्ययरत गर्ने विद्यालय नहुँदा केही विद्यार्थी अध्ययनका लागि भारत जान्छन् भने धेरै जान छाडेका छन् ।

भोजपुरी बोल्ने गरेका सुस्तावासी बालबालिकाले विद्यालय जाँदा पढाइका लागि नेपाली भाषा सिक्नुपर्ने र प्राथमिकस्तरको अध्ययनपछि पढाइका लागि भारत विहार जानुपर्ने भएपछि हिन्दी भाषा सिक्नुपर्ने बाध्यताले पनि अधिकांश छात्रछात्राले प्राथमिक शिक्षापछि अध्ययन बीचैमा रोकेका हुन् ।

सुस्तावासीले सुस्तामा कक्षा ५ भन्दा माथिसम्म विद्यालयका लागि धेरै पटक कोसिस गरे पनि जिल्ला शिक्षा कार्यालय नवलपरासीले ध्यान नदिएका कारण परेको बाध्यता सुस्तावासीको गुनासो छ । नवलपरासीको त्रिवेणीसुस्ता गाविस–४ सुस्ताका सयभन्दा बढी विद्यार्थी यसरी भारतको विद्यालयमा पढ्न जान बाध्य छन् ।

सुस्ता र पक्लिहवा जोडिने झेलुङ्गे पुल निर्माण हुने भनिए पनि अहिले अलपत्र परेको छ । छिटोभन्दा छिटो झोलुङ्गे पुल बनोस् भन्ने सुस्तावासीको माग रहेको छ । सुस्तामा अधिकांश अध्ययनरत बालबालिका दलित समुदायका रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button