डोटी, १४ जेठ –
डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा राति बीच बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । चवरा चौताराबाट खाली हिँडेको ट्र्याक्टर दुर्घनाग्रस्त भएको हो । के कति कारणले दुर्घटना भएको हो यकिन जानकारी भने प्राप्त भएको छैन ।
भिरालो र कच्ची सडकमा अनियन्त्रित गाडी चलाउँदा यस्तो समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टको भनाइ छ । घटनास्थल सदरमुकामबाट करिब ४२ किलोमिटरभन्दा बढी टाढा रहेको छ । रासस (फोटो संलग्न छ)
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution