सुरुङ्गा (झापा), १४ जेठ –
झापाको विर्तामोड–भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाहुनडाँगी– २ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे४प ८६८२ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको र उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताउनुभयो । बालकलाई दुई दिनअघि उक्त मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बिहीबार साँझ झापाको शनिश्चरेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका– ८ कालिस्थान निवासी २० वर्षीया उषा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बा७३प ६३० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको र उपचारका लागि विर्तामोडस्थित विएन्डसी हस्पिटल पुरयाइए पनि उपचारकै क्रममा राति मृत्यु भएको बताइएको छ ।
चालक र सवारीलाई आज बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution