भद्रपुर, १४ जेठ –
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले दुई लाख ५१ हजार ३२९ जनालाई मस्तिष्क ज्वरोसम्बन्धी खोप लगाउने तयारी गरेको छ ।
यही जेठ १७ देखि २५ सम्ममा पहिलो चरणमा एक लाख ३८ हजार २५४ जनालाई र दोस्रो चरणमा असार २ गतेदेखि ७ गते सम्म एक लाख १३ हजार २५४ जनालाई खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिनुभयो । गत वर्षमा १९ जना मस्तिष्क ज्वरोका बिरामी फेला परेका थिए भने यस वर्ष एकजना पनि त्यस्तो बिरामी नदेखिएको अधिकृत मेहताले जानकारी दिनुभयो ।
उच्च ज्वरो आउने, बान्ता हुने, चक्कर लाग्ने, मुर्छा पर्ने, जाडो हुने र कम्पन आउने किसिमको लक्षण देखिने यो रोग मच्छरको टोकाइबाट लाग्ने भएकाले आफूले बस्ने वरपर सरसफाइ गर्ने, राति सुत्ने समयमा झुल लगाउनेजस्ता सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
एक वर्षदेखि १५ वर्षसम्ममा बालबालिका सो खोप लगाउन स्वयम्सेवक ६०० जना र स्वास्थ्यकर्मी ३०० जना परिचालन गरिने बताइएको छ । झापाका ३३ वटा गाविस र आठवटा नगरपालिकामा खोपका लागि कन्काइ माईधारबाट पश्चिम र पूर्वतर्फ दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी भएको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution