पोखरा, १४ जेठ –
आठौं क्षेत्रिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु हुने भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा सोमबारसम्म दुई दिन पोखरामा उक्त प्रतियोगिता संचालन हुन लागेको सुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा १६ जिल्लाका १ हजार ४ सय २२ जना खेलाडीहरु विभिन्न खेलकुद प्रतियोगितामा प्रतिष्प्रर्धा गर्ने भएको समितिका अध्यक्ष खगराज पौडेलले बताए । जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट भएका विभिन्न बिद्यालयका छात्र-छात्राले भलिवल, एथलेटिक्स, कवड्डी, फुटवल, उसु, तेक्वान्दोर छात्र क्रिकेटमा १६ वटै जिल्लाका खेलाडीहरु सहभागि हुने भएको अध्यक्ष पौडेलले दाबी गरे । यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जिल्लालाई रनिङ शिल्ड सहित २० हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई नगद १० हजारट्रफिको साथमा पुरस्कार वितरण गरीने भएको छ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न समितिका अध्यक्ष खगराज पौडेलको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको हो । समितिका उपाध्यक्ष सुनिल गुरुङ फुटवल खेल उपसमिति संयोजक, कोषाध्यक्ष बसन्त गहतराज एथलेटिक्स, सदस्य देबेन्द्र केसी भलिवल र कवड्डी खेल संचालन उप–समिति संयोजक, सदस्य सम्पन्न श्रेष्ठ मार्सल आर्ट(कराँते, यसु, तेक्वान्दो) र सदस्य राजकुमार गुरुङ क्रिकेट खेल उपसमिति संयोजक रहेको कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । पुर्वप्रधान मन्त्री माधनकुमार नेपालबाट उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरीएको योगिले जनाए । यही जेठ १९ देखि २१ गतेसम्म काठमाण्डौंमा राष्ट्रिय स्तरको यस प्रतियोगिता हुने भएको हो ।





