पोखरामा एक श्रीमानद्धारा आफ्नै श्रीमती र छोरीको हत्या

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १४
Post Thumbnail

पोखरा, १४ जेष्ठ –

पोखरामा आफ्नै श्रीमानबाट श्रीमती र छोरीको हत्या भएको छ । पोखरा १४ रातोमाटे डाँडाका ३१ बर्षीय बिमल पुनले घरमा आफ्नै श्रीमती २६ बर्षीया नरमाया श्रीष पुन र छोरी ६ वर्र्षीया पूर्णीमा पुनलाई हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरीको टाउकोमा हानेर हत्या गरेको पुनले प्रहरी सामु स्वीकारेको कास्कीका प्रहरी नायव उपरिक्षक गजुुसिद्धि बज्रचार्यले बताए । यो घटना आज (सुक्रबार) दिउसो ४ बजे भएको हो ।

हत्या गरे पछि श्रीमानको शरीरभरी रगत लागेकोले उनी बाहिर निस्के पछि स्थानीयले कसले काँह के गर्यो भनी सोधपुछ गर्दा उसकै घरमा हत्या भएको जानकारी प्राप्त भए लगतै प्रहरीलाई खवर गरे पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । विमल पुनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याईएको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस