काठमाडौँ, १४ जेठ –
सरकारले आगामी आर्थिक वर्ष २०७३-७४ को बजेट ९आय व्यय० विवरण शनिबार अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि १० खर्ब हाराहारीको बजेट संसद समक्ष पेस गर्नुहुनेछ । नयाँ संविधान जारी भएपछि सरकारले पहिलो बजेट ल्याउन लागेको हो । संविधानमै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने कानुनी व्यवस्था गरिएको छ । खासगरी पुनःनिर्माण, कृषि, पर्यटन, सामाजिक सुरक्षा, ठूला पूर्वाधारका योजना, स्वास्थ्य, शिक्षा, सञ्चार, जलस्रोत, ऊर्जालगायतका क्षेत्रत्रलाई प्रथामिकतामा राखेर बजेट ल्याइँदैछ ।
सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि समेत बजेट विनियोजन गरेको छ । आगामी आवमा कर्मचारीको तलब करिब २० प्रतिशतले बृद्धि गर्न लागिएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution