पाँचथर, १५ जेठ –
दक्षिणी सराङ्डाँडाका बासिन्दा बाघको आतङ्कका कारण त्रसित बनेका छन् ।
सराङ्डाँडा– ५ का भुवनसिंङ आङदेम्बेले खोला छेउमा पालेका चार बाख्रा बाघले खाएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोठमा बाँधेका बाख्रा हराएपछि हेर्दै जाँदा बाघले खाएको रहेछ, अहिले बाघको आतङ्कले गर्दा सबै बाख्रा घरमै ल्याएर राखेको छु ।”
अहिले त्यस क्षेत्रका स्थानीयवासीले खोला छेउछाउमा रहेका गोठ धमाधम सार्न थालेको स्थानीयवासी चन्द्र भट्टराईले बताउनुभयो । यस्तै छिमेकी गाविस माङ्जाबुङमा पनि बाघ आतङ्कले गर्दा स्थानीयवासी त्रसित बनेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution