बुद्धनगर वाग्मती क्षेत्रबाट १० मेट्रिक टन फोहर

काठमाडौँ, १५ जेठ –

वाग्मती सफाइको १५९ औँ हप्तामा आज बुद्धनगर पुल आसपासको वाग्मती नदीमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, कामपा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उप्रेती समाज, हुमागाईँ समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल विज्ञापन सङ्घ, विभिन्न विद्यालय र रेयुकाइ लगायत ३४ संस्थाका ८०० व्यक्तिको सहभागिता थियो ।

पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव किशोर थापा, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, उप्रेती समाजका डा रामप्रसाद उप्रेती, पूर्वप्रहरी नायब महानिरीक्षक विमला थापा, विज्ञापन सङ्घका पूर्वअध्यक्ष राजकुमार भट्टराई र कलाकार जितु नेपाल लगायतको सफाइमा सहभागिता थियो ।

सफाइमा १५० जना प्रवेशिका परीक्षा प्रिन्सेसको पनि सहभागिता रहेको वाग्मती समितिका माला खरेलले रासससलाई जानकारी दिनुभयो । सफाइका लागि ग्रिनहिल सिटी अस्पताल बसुन्धराले एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो । आगामी शनिबार १६० औँ हप्ताको वाग्मती सफाइ पनि बुद्धनगर क्षेत्रमै गरिने समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि काठमाडौँ उपत्यकाको सभ्यताका रुपमा रहेको वाग्मतीकोसफाइ महाअभियान सुरु गरिएको थियो । महाअभियानका रुपमा वाग्मती सफाइ हुन थालेपछि यसका सहायक नदी र देशका विभिन्न भागका नदीनाला एवम् तालतलाउ पनि सफाइ गर्ने अभियान सुरु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button