पथरी (मोरङ), १५ जेठ –
तेह्र महिनादेखि रोकिएको ‘ई’ रिक्सा दर्ता प्रक्रिया आइतबारदेखि खुला गरिने भएको छ ।
आन्दोलनमा रहेका ई रिक्सा चालक र उपमहानगरपालिकाबीच आज सहमति भएपछि दर्ता सुरु हुने भएको हो । विराटनगर उपमहानगरपालिकामा आज भएको छलफलमा जेठ १३ गतेसम्म खरिद गरेको ई रिक्सालाई विराटनगर स्थायी बसोवास भएका व्यक्तिले आफ्नो कागजपत्रसहित आएमा दर्ता पाउनेछन् ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले ‘ई’ रिक्सालाई व्यवस्थित गर्न रुटसहित दर्ताका लागि सिफारिस गर्ने सहमति भएको बताउनुभयो । उपमहानगरपालिकामा हालसम्म ३०० ई रिक्सा सञ्चालनमा रहेका छन् । हालसम्म १५० ई रिक्साले आफ्नो कागजपत्र दर्ता गराएको नगरपालिकाले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution