कावासोती, १५ जेठ –
नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्लाको हैसियत दिनुपर्ने माग सरोकार भएकाहरुले गरेका छन् ।
नवाँैं गणतन्त्र दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल कावासोतीकी सरिता लामिछानेले हामीलाई प्रशासनिक सुगमताकालाई नवलपुर क्षेत्र छुट्टै जिल्ला हुनुपर्छ, प्रदेश नंं ४ को नवलपुर क्षेत्रलाई राजनीतिकस्तरबाट चाँडै जिल्ला बनाइयोस् भन्नुभयो । “जिल्ला दुई भागमा बाँडिएको अवस्थामा सदरमुकाम पनि दुई वटा हुनुपर्छ त्यसको सुविधा पाउनुपरयो” उहाँले भन्नुभयो–“स्रोत एक ठाउँमा केन्द्रित भयो, संविधानले व्यवस्था गरेको कुरा लागू गर्नुपर्छ ।”
नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले नवलपुरसँगै कालीनारायणीका रुपमा सबैलाई पहुँच हुने गरी प्रशासनिक सुगमता हुनुपर्ने बताउनुभयो । “उत्तरतर्फ कालीगण्डकी किनार र दक्षिणतर्फ नारायण नदीको किनारका बासिन्दाको पायक पर्ने ठाउँ कावासोती सदरमुकाम हुनुपर्र्छ” छामिछानेले भन्नुभयो–“यो क्षेत्र भौगोलिक र जनसङ्ख्याको हिसाबले जिल्ला भन्न मिल्ने भएकाले प्रशासनिक रुपमा जिल्ला बनाउनु आवश्यक छ ।” एमालेका जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले कावासोती क्षेत्रलाई प्रशासनिक क्षेत्रका रुपमा विकास गर्न सबै दल लाग्नुपर्ने बताउनुभयो ।
संविधानमा ७ प्रदेशसहित सङ्घीय ढाँचा हुँदा नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भाग प्रदेश नं ४ मा र पश्चिमको भाग प्रदेश नं ५ मा परेका छन् । झन्डै साढे चार लाख जनसङ्ख्या यस क्षेत्रमा रहेको छ । अहिले इलाका प्रशासनका रुपमा रहेको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय, जिविस, जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालय लगायत कार्यालय नवलपुरमा ल्याउनुपर्ने नागरिकले आवाज उठाएका छन् ।
साउन महिना लाग्नेबित्तिकै यहाँका दल यी कार्यालय ल्याउने गरी काममा लाग्ने सहमति भएको छ । एमालेका केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा जिल्लागत संरचनाका लागि प्रधानमन्त्रीलाई भेट गर्र्ने कार्यक्रम समेत यहाँका दलले तय गरेका छन् । एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँशक्ति नेपाल लगायतले जिल्लागत संरचना बनाउने अठोट गरेका हुन् ।
नागरिकस्तरबाट उठेको जवाफ दिँदै एमाले केन्द्रीय सदस्य महतले नवलपुर क्षेत्रलाई प्रशासनिक, शैक्षिक, औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने गरी राजनीतिक दलहरुले काम गर्ने आवश्वासन दिनुभयो । जिल्ला छुट्याएर प्रदेश नं ४ मा दाउन्ने पूर्वको क्षेत्र कायम गर्दा यस क्षेत्रका बासिन्दाले दीपावली गरेका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution