उदयपुरमा ह्याण्डवल प्रतियोगिता सुरु

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १६
उदयपुरमा ह्याण्डवल प्रतियोगिता सुरु

काठमाडौ, १६ जेठ –

उदयपुर स्थित बेलटार बसाहा न।पा मा ७ औ पुर्वाञ्चल विद्यालय स्तरिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उदघाटन नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले एक समारोहका विच गर्नु भयो ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष गुरुङ्गले नेपालको ह्याण्डवल खेलले गति लिएको बताउनुभयो । उहाँले नेपालमा आयोजना हुने १३ औं सागमा पदकका लागि संघले आफ्नो तयारी सुरु गरेको जानकारी समेत दिनुभयो । उहाँले नेपालमा ह्याण्डबल खेल विस्तार एवम विकासका लागि थप कार्यक्रमहरु संचालन गरिने वताउनुभयो ।

handball 2

प्रतियोगितामा जुनियर र सिनियर महिला पुरुष गरि जम्मा ४० टिमको सहभागीता रहेको । प्रतियोगिता एक साता सञ्चालन हुनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस