काठमाडौँ, १६ जेठ –
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग सम्झौता गरेको छ ।
ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।
“सम्झौता भएका अनुदान पाउने घरधनीलाई बैंकसँग कारोबारको सम्झौता हुने बित्तिकै पहिलो किस्ताको रु ५० हजार दिइनेछ, यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ”– उहाँले भन्नुभयो ।
लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution