सामाजिक सुरक्षाभत्ता पाएनन्

अछाम, १६ जेठ –

जिल्लामा सामाजिक सुरक्षाभत्ता बापतको रकम पाउने कुनै पनि नागरिकले केही महिनादेखि पाएका छैनन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

हरेक चौमासिकमा वितरण हुदै आएको सामाजिक सुरक्षाभत्ता बापतको रकम अन्तिम अर्थात् तेस्रो चौमासिक आइसक्दासमेत जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला, दलित, बालबालिका लगायतले पाएका छैनन् । आठ महिनादेखि सामाजिक सुरक्षा बापतको रकम आपूmहरुले नपाएको जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला र दलित बालबालिकाका अभिभावकले गुनासो गरेका छन् ।

तीनवटा नगरपालिका तथा ५५ गाविसमा रकम उपलब्ध गराइएको छैन । स्थानीय नागरिकले आफूहरुले गत वर्षको कात्तिक महिना पछिको सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो गरेका छन् । “कात्तिकदेखि हालसम्मको भत्ता पाएका छैनौँ,” मङ्गलसैन नगरपालिका–६ का कामनिराम भण्डारीले भन्नुभयो ।

यस्तै सामाजिक सुरक्षाभत्ता नपाउँदा आफ्नो छाक गुजारा चालाउन अफ्ठ्यारो भएको दुर्गम ढकारी गाविसकी स्थानीयवासी सुर्जा बढाले बताउनुभयो । ज्येष्ठ नागरिकले आफूहरुका लागि सरकारले दिने भनेको औषधोपचार खर्च बापतको रकम नपाएको गुनासो गरेका छन् ।

जिल्लामा दलित ज्येष्ठ नागरिक ६ हजार ४२०, अन्य ज्येष्ठ नागरिक सात हजार ८३६, एकल महिला सात हजार ९४२, पूर्णअपाङ्ग ६५, आंशिक अपाङ्ग १७३, बालबालिका १४ हजार ९४१ र उपचार खर्च बापतको रकम पाउने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक ११ हजार ५३२ रहेका छन् ।

जिल्ला विकास समितिले दोस्रो चौमासिकमा सामाजिक सुरक्षाभत्ता बाँड्दा जिल्लालाई करिब रु आठ करोड ४६ लाख २२ हजार ९५० बराबरको रकम अपुग भएका कारण सामाजिक सुरक्षाभत्ताको रकम वितरण गर्न नसकिएको जनाएको छ । हाल जिल्लालाई रु १६ करोड ८९ लाख ७२ हजार रकम प्राप्त भएको जिविसले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button