चक्रतीर्थ चेस जारी

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १६
चक्रतीर्थ चेस जारी

|?????????????

काठमाडौं, १६ जेठ-

नेपालका रिजेन्द« राजभण्डारीसँगै भारतका सर्वोजीत पाउल र निलाद«ी शेखर भट्टाचार्य चक्रतीर्थ चोभार अन्र्तराष्ट्रिय चेस प्रतियोगिताको शिर्ष स्थानमा रहेका छन् । आइतबार चार चरणको समाप्तीमा यी तीनै खेलाडीको समान चार अंक छ । रिजेन्द«ले तेश्रो चरणमा भारतका हिमांशु हर्ष तथा चौथो चरणमा भारतकै रिसब निसादलाई पराजित गरे । पाउलले तेश्रो र चौथौं खेलमा क्रमशः नेपालका फिडेमास्टर मनीष हमाल र गोल्डेनगेट कलेजका हिमाल लामालाई पराजित गरे । त्यस्तै भट्टाचार्यले तेश्रोमा चन्द«दास गुरुङ्गबाट वाकओभर पाए भने चौथोमा भारतकै शुभम शुक्लालाई हराए ।

यसैगरी भारतका सन्तु मण्डल र नेपालका सजिन मर्हजनको ३.५ अंक छ । तेश्रो चरणमा क्षितिज भण्डारीसंग बराबरी गरेका सन्तुले चौथोमा थापाथलि चेस पार्कका सुमित पन्तलाई हराए । तेश्रो चरणमा दिपक कटियारसंग बराबरी गरेका सजिनले चौथोमा पूर्व नेपाल च्याम्पियन पुन्यमान कमाचार्यलाई माथ गरे । क्षितिज, मनीष, हिमाल, निसाद, शुभम र दिपकको तीन अंक छ । भारतका रुपकंर नाथ, लाल्टु चटर्जी, आशुतोष कुमार, चक्रबर्ती तमाल, विकास कुमार द्धीबेदी र आशिष राजको तीन अंक छ । नेपालका विक्रम जती र विकास कुलुजका साथै बंगलदेशका अहमद सफिकको पनि तीन अंक छ । आयोजक टोलीका विवेक श्रेष्ठको २.५ अंक छ ।

चक्रतीर्थ ग्रुप चोभारको आयोजनामा सञ्चालीत पाँच दिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ८० खेलाडीहरु सहभागि छन् । कुल ५ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि विजेता खेलाडीले १ लाख रुपैया पुरस्कार पाउने छन् । स्वीस लीग प्रणालीमा नौ चरणमा आयोजना हुने प्रतियोगिता बुधबार सम्पन्न हुनेछ । बैठक भेन्यु, त्रीपुरेश्वरमा जारी प्रतियोगिता अन्तरगत सोमबार पाचौ र छैटौ चरणको खेल हुने छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

४ घण्टा अघि

गाई पूजा आजै

५ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस