बैतडी, १७ जेठ –
बैतडीका ८० हजार बालबालिकालाई जापनीज इन्सेफलाइटिसविरुद्धको खोप दिइएको छ ।
वैशाख २६ गतेबाट सुरु भएको खोप अभियान दुई चरणमा सञ्चालन गरेर सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्टले बताउनुभयो । जापनीज इन्सेफलाइटिसविरुद्धको खोप जिल्लाका एक वर्षदेखि १५ वर्षमुनिका ७२ हजार बालबालिकालाई लगाउने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा बढीले खोप लगाएका छन् ।
पहिलो चरणमा दुई नगरपालिका र २४ गाविसमा अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा बाँकी रहेका ३२ गाविसमा खोप अभियान सञ्चालन गरिएको थियो ।
जापनीज इन्सेफलाइटिसविरुद्धको खोप अभियानमा ४०० स्वास्थ्यकर्मी र ८३१ महिला स्वास्थ्य स्वयम्सेविका खटिएका थिए । पहाडी जिल्लामा पनि लामखुट्टेको जीवन सहज हुन थालेपछि जापनीज इन्सेफलाइटिसबाट बच्नका लागि बैतडीमा पहिलो पटक यो खोप अभियान सञ्चालन गरिएको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution