पोखरा, १७ जेठ –
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरण्जिवी नेपालले नेपालमा पुँजिको पहिचान र पुँजिपतीहरुको सम्मान नभएका कारणले नै मुलुक आर्थिक रुपले सम्पन्न सम्पन्न हुन नसकेको धारणा व्यक्त गरेका छन । गर्भनर नेपाल सोमबार पोखरामा कैलाश विकाश वैंक, मेट्रो विकास बैंक र नेपाल एक्सप्रेस फाइनान्सको संयुक्त मर्जर बाट बनेको कैलाश विकास बैंकको एकिकृत कारोवारको शुभारम्भ गरेका थिए ।
गर्भनर नेपालले नेपालमा असिमित अवसर हुँदा हुँदै पनि युवा शक्तीको पलायनले वित्तिय प्रगती हुन नसकेको औल्याए । उनले भने –“हामीले बैंक तथा वित्तिय उपयोगिता बारेको महत्वलाई बुझ्न सकेनौ ।” उनले थपे–“हामी संग ५७ प्रतिशत उद्धमशिलता क्षमता भएका युवा जमात छ तर उनीहरुको उपयोग हुन सकेको छैन ।”
गर्भनर नेपालले बैंक तथा वित्तिय संस्थाहरुले उद्धमशिलताका लागि धेरै कुरा सिकाए पनि नवुझेर नजानेर यो अबसर बाट बन्चित भएको उल्लेख गर्दै जसका कारण नेपाली मलिक नभइ नोकर बन्न उद्धत रहेको बताए । “मालिक बन्ने अवसर देशमा हुँदा हुँदै नोकर बन्न विदेशिने र देशलाई गालि गर्ने काम भएको छ ।”
सर्व साधारण संग घरमा नै असुरक्षित तवरले पैसा थन्काउने कारणले नेपालमा अहिले पनि ६० प्रतिशत जनता बैंक तथा वित्तिय संस्था बाट टाढा रहेको उल्लेख गर्दै गर्भनर डा.नेपाल मुलुकलाई आर्थिक रुपले सम्पन्न वनाउन वित्तिय साक्षरता लाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिए । उनले भने “५२ प्रतिशत सर्वसाधारणलाई बैंकमा खाता खोलेर रकम बैंकमा सुरक्षित तवरले राख्न र बैंक तथा वित्तिय पहुँच पुर्याई आर्थिक रुपले समृद्धी बनाउनु आजको अवश्यक्ता हो ।”
सो अवसरमा गर्भनर नेपालले कैलाश विकास बैंकको पोखरा न्यूरोडमा निर्मित भवनको समेत उद्घाटन समेत गरेका थिए । काठमाडौ पुतलीसडकमा प्रधान कार्यालय रहेको बैंकको ३८ वटा शाखा रहेका छन । बैंकको हाल सम्म १ अर्व ५८ करोड र निक्षेप १४ अर्व ३३ करोड रहेको छ भने कर्जा लगानी १३ अर्व २१ करोड तथा जगेडा कोष ७६ करोड ५ लाख रहेको बैंकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution