काठमाडौँ, १७ जेठ –
व्यवस्थापिका–संसद्को तेस्रोपटक बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएकाले गम्भीर प्रकृतिको यो घटनाको छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने माग गर्नुभयो ।
सत्तापक्षसँग मिलेर काम गर्न नेपाली काँग्रेस तयार रहेको तर संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि पुनः हुन नदिन वार्ताको माध्यमबाटै समस्याको निकास खोज्नुपर्ने बताउनुभयो ।
बजेटका महत्वपूर्ण सूचना चुहुनुका कारणबारे चित्तबुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै उहाँले बोलेपछि नेपाली काँग्रेसका सबै सांसद आ–आफ्ना आसनबाट उभिनुभयो । उहाँहरूलाई आसनमा बस्न सभामुखले बारम्बार आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएपछि सभामुखले ३ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गर्नुभयो ।
आजको बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७३-७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची संसद् सचिवालयले निर्धारण गरेको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution