किसानलाई परिचयपत्र

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ १७
Post Thumbnail

कावासोती, १७ जेठ –

जिल्ला कृषि विकास कार्यालयले यहाँका छ हजार किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्ने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद गैरेका अनुसार किसानलाई मल, बीउ र राहतका सामग्री उलपब्ध गराउँदा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र वितरणको काम थालिएको हो । कार्यालयले स्थानीय निकाय ९गाविस र नगरपालिका०को सिफारिस, किसानको जग्गाधनी प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, किसानको जग्गा नभए लिजमा अथवा अधियाँ गरेको भए सोको प्रमाण राखेर निवदेन दिएको आधारमा परिचयपत्र उपलब्ध गराउने तयारी गरेको छ ।

पहिलो चरणमा छ हजारलाई परिचयपत्र दिएपछि दुई वर्षभित्र जिल्लाका सबै किसानलाई परिचयपत्र उलपब्ध गराइने छ । “निवेदन दिएका आधारमा स्थानीय निकायले किसानलाई सिफारिस गरेकाले हामीले निवेदन छानबिन गरी कृषक समूह र कृषि सहकारीमा आबद्ध किसानलाई प्राथमिकता दिन्छौँ,” अधिकृत गैरेले भन्नुभयो – “जागिर खाने र व्यापार गर्नेलाई सिफारिस भए पनि परिचयपत्र दिन्नौँ ।” नवलपरासीसहित १० जिल्लामा यस वर्षदेखि किसान परिचयपत्र लागू भएको छ । किसान परिचयपत्रका लागि आजसम्म निवेदन दिन पाइनेछ ।

माग सङ्ख्याभन्दा तेब्बर सङ्ख्यामा निवदेन आएका छन् तिनीहरुको सूक्ष्म अध्ययनबाट मात्र आवश्यक सङ्ख्याका किसानलाई परिचयपत्र वितरण गर्ने तयारीमा जिल्ला कृषि विकास कार्यालय रहेको बताइएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस