सहयोग समाज स्पेनद्वारा अग्निपीडितलाई सहयोग

वालिङ, १७ जेठ –

सामाजिक सेवामा सक्रिय प्रवासी नेपालीद्वारा स्थापित ‘स्याङ्जा सहयोग समाज स्पेन’ले यहाँको मनकामना गाविस र पेलाकोट गाविसका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समाजले रु एक लाख ९७ हजार ६१७ जिल्लाका अग्निपीडितलाई पठाएको हो । “हाम्रो जिल्लामा भएको यो घटनाले हामी स्पेनमा रहने स्याङ्जालीलाई निकै दुःखी तुल्यायो, घाउमा मलम लगाउन सक्छौँं कि भनेर सहयोगका लागि रकम नेपाल पठाएका हाँैं” –समाजका अध्यक्ष वेनबहादुर गुरुङ विमलले भन्नुभयो ।

स्पेनमा रहेका स्याङ्जालीहरुको यो सामाजिक सेवामा सक्रिय रहेको छ । स्याङ्जाको मनकामना र पेलाकोट गाविसमा वैशाख १८ गते भएको आगलागीबाट ३२ घर तथा ३९ गोठ तथा चौपाया जलेर नष्ट भएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button