एकतिस लाख बालबालिकाको कुपोषणबाट मृत्यु

काठमाडौँ, १८ जेठ –

हाल संसारमा ७९ करोड ५० लाख व्यक्ति कुपोषणबाट पीडित छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतिवर्ष ३१ लाख बालबालिकाको मृत्युको कारण पनि कुपोषण रहेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की– मुनले सन् २०३० सम्ममा विश्वबाट भोकमरीको अन्त्य गर्ने विश्वास व्यक्त गरेको विषयलाई कार्यान्वयनमा लैजाने उद्देश्यले सरोकार भएकाहरुबीच संवाद चलाउने उद्देश्यले बुधबारदेखि ललितपुरमा विश्व नागरिक समाज संवाद कार्यक्रम हुँदैछ ।

यही जेठ १९, २० र २१ गते हुने उक्त सम्मेलनमा नेपाल लगायत विश्वका विभिन्न मुलुकका सरोकार भएका, विषयविज्ञ गरी १५० व्यक्तिको सहभागिता रहनेछ । कार्यक्रमको आयोजना सिभिल एकेडेमी, रुरल रिकन्स्ट्रक्सन नेपाल, सिभिल सोसाइटी एलायन्स फर न्युट्रेसन नेपाल, एनजिओ फेडरेसन अफ नेपाल, राइट टु फुड नेपाल लगायतका नौ संस्थाले गर्न लागेका हुन् ।

कार्यक्रममा नेपाल लगायत अफगानिस्तान, पाकिस्तान, भारत, म्यानमा, कम्बोडिया, ताजिकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण कोरिया, जापान, भुटान, श्रीलङ्का र बङ्गलादेश एवम् युरोप, दक्षिण अमेरिका र केही अफ्रिकी मुलुकका विषयविज्ञको सहभागिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

दिगो विकास लक्ष्यलाई थप परिचित बनाउँदै लक्ष्य प्राप्तिका लागि नागरिक समाजको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउनु संवादको उद्देश्य रहेकोरुरल रिकन्स्ट्रक्सन नेपालका प्रतिनिधि सर्वराज खड्काले जानकारी दिनुभयो ।

खाद्य सुरक्षा सम्बन्धमा आगामी दशकमा आइपर्ने समस्याको पहिचान, समाधान र भोकको अन्त्यका लागि दिगो कृषि विकास कार्यक्रमको विषयवस्तुमा छलफल गरिने सिभिल सोसाइटीका प्रतिनिधि डा उमा कोइरालाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button