लक्ष्मी बैंकको रक्तदानमा ५२ युनिट रगत संकलन

पोखरा, १८ जेठ –

लक्ष्मी बैंक लि. पोखरा शाखाले आफ्नो १२ औं बार्षिकोत्सबको सन्दर्भमा “रक्तदान जिवनदान” नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो प्राङ्गगण न्युरोडमा गरेको रक्तदानमा कुल ५२ युनिट रगत संकलन गरेको बैंकका जनसम्पर्क अधिकृत सुनिता राणाले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल आर्मी काली भञ्ज्याङ्ग गण एयरपोर्ट, पश्चिम पृतना बिजयपुर, सैनिक आवासिय महाबिद्यालय फुलबारीका सैनिक जवान, बैंकका कर्मचारी तथा ग्राहकहरुले रक्तदान गरेको जनसम्पर्क अधिकृत राणाले बताए ।

‘हामीले अघिल्ला बर्षहरुमा बैंकको बार्षिकोत्सबमा समाजसेवाका बिभिन्न क्षेत्रमा काम गर्दै आएका थियौं’ बैंकका शाखा प्रबन्धक संन्दिप मानन्धरले भने ‘यो पटक रक्तदान कार्यक्रम गर्यौ आगामी दिनमा पनि समाजको आवश्यकता हेरी बिभिन्न क्षेत्रमा सहयोग गर्नेछौं।’ कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button